३ पुस २०८२, बिहिबार | December 18, 2025

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकाप (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस नेता कृष्ण सिटौला लगायतका नेता रहेका छन् ।

बैठकअघि एमसीसीको विरोध गर्दै आएको माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पक्षमा संसदमा मतदान गर्ने निर्णय गरेको थियो । त्यसपछि बैठकमा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीमाथि छलफल हुँदैछ । सत्तारुढ गठबन्धन सकेसम्म आज नै एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा रहेको छ । यसैमा केन्द्रित भएर बालुवाटार बैठकमा छलफल भइरहेको बुझिएको छ ।

गठबन्धन बैठकमा सहभागी भएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने बाहिर निस्केका छन् । सचिवालयको बैठकका लागि उनी गठबन्धनको बैठक छोडेर बाहिरिएका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : २२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका