काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई आजै अनुमोदन गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको आज बसेको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो ।
यसअघि आजै बसेको माओवादीका शीर्ष नेताको बैठकले पनि एमसीसीमा आफुहरुले उठाउँदै आएका मागलाई ब्याख्यात्मक घोषणा गर्दै अनुमोदनमा सघाउने निर्णय गरेको थियो ।
बैठकमा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने पार्टीको बैठकबाट निर्णय गर्न बाँकी रहेको भन्दै केही समय दिन आग्रह गरेका थिए । तर, अब ढिलो हुनेभन्दै गठबन्धनले आजै अनुमोदन गर्ने सहमति जनाएको कांग्रेस नेता रामचन्द्र पौडेलले जनाएका छन् ।



















प्रतिक्रिया