१६ भदौ २०८३, मंगलबार | September 1, 2026

देव गुरुङको प्रश्न – दलहरुले गरेको व्याख्यात्माक घोषणा एमसीसी कम्पनीलाई स्वीकार्य हुन्छ ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी विशुद्ध आर्थिक परियोजना भएमात्रै अघि बढ्न सक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा आजबाट सुरु भएको एमसीसी सम्झौताको प्रस्ताव माथिको छलफलका भाग लिँदै चार दलका बीचमा भएको सहमतिसहित एमसीसी छलफलमा ल्याउन आग्रह गरे ।

गुरुङले सम्झौता भनेको दुई पक्षीय हुने भन्दै हाम्रो संसदले गरेको घोषणा एमसीसी कम्पनीलाई स्वीकार्य हुन्छ हुन्न भन्ने प्रश्न बाँकी नै रहेको बताए । उनले हाम्रो घोषणा एमसीसी कम्पनीलाई स्वीकार्य हुन्छ भने हामीले गरेको घोषणाको सकारात्मक अर्थ रहन्छ अन्यथा त्यस्को अर्थ नरहने बताए । उनले दलहरुबीच भएको घोषणा समेत छलफलमा ल्याउन आग्रह गरे ।

‘नेपालको सार्वभौमिकता खण्डित नहुनेगरी, नेपालको संविधान खण्डित नहुनेगरी र नेपाल सरकारलाई नियन्त्रण नपर्नेगरी तथा नेपालको संसद,अदालतलगायतका कुनैपनि अंग खण्डित नहुनेगरी विशुद्ध आर्थिक परियोजनाको प्रक्रियाबाट लैजानुपर्ने हुन्छ’, गुरुङले भने ।

‘राष्ट्रिय स्वाधीनतासँग जोडिएको मुद्दा भएकाले गम्भिरतापूर्वक छलफल गर्दै आपसी सहमतिका आधारमा अघि बढाउन सकिने बताए । उनले यो आर्थिक परियोजनाका दफा उपदफाहरू नेपालको सार्वभौमिकतामाथि खण्डित गर्ने, नियन्त्रण गर्ने आशयसहित आएकाले गम्भिर रुपले प्रश्न उठेको पनि बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ४ : ०३ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि