७ श्रावण २०८३, बिहिबार | July 24, 2026

आगामी २४ घन्टा युक्रेनका लागि महत्वपूर्णः जेलेन्स्की



किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताए ।

टेलिफोन वार्तामा प्रधानमन्त्री जोनसनले रुसको अतिक्रमणपछि जेलेन्स्कीको नेतृत्वको प्रशंसा गरेका थिए । प्रधानमन्त्री जोनसनले बेलायत र उसका साझेदारहरूबाट युक्रेनलाई प्रदान गर्ने रक्षात्मक सहायता सुनिश्चित गर्न बेलायतले सक्दो प्रयास गर्ने बताएका थिए । दुई नेताबीच निकट सम्पर्कमा रहने समझधारीसमेत भएको छ ।

यसैबीच, रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहरमा हमला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो सेनाको परमाणु बललाई उच्च सतर्कता रहन निर्देशन दिएका थिए । उनले नेटोको ‘आक्रामक’ व्यवहारका सतर्कतामा रहन निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : २४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी