४ पुस २०८२, शुक्रबार | December 20, 2025

अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले प्रचण्डले एमसीसीमा सहमति जनाए : विजुक्छे



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संगीन आरोप लगाएका छन् ।

एमसीसीको विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत आइतबार संसदबाट पारित भएको थियो । विजुक्छेले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्वसँग जोडेका छन् ।

‘युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रास’ले एमसीसीमा सहमति जनाएको विजुक्छेले जिकिर गरे । भक्तपुरको न्हुः पुखु (रानीपोखरी) को मंगलबार उद्घाटन गर्दै बिजुक्छेले प्रचण्डको त्रासकै कारण एमसीसी पास भएको बताए ।

जनताको इच्छाविपरीत संसदले हतारहतार एमसीसी पास गर्नु दुःखद् भएको भन्दै उनले त्यसकाविरुद्ध पार्टीले देशभर विरोधसभा गरेको बताए । एमसीसी नेपाल र नेपालीका लागि घातक हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ७ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको