१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

रुस-युक्रेन युद्धको प्रभाव : नेपालमा पेट्रोलियम पदार्थको अभावको संकेत !



बुटवल । युक्रेन-रुस द्वन्द्व चर्किएसँगै नेपालमा पेट्रोलियम पदार्थको सामान्य अभाव देखिएको पेट्रोलियम डिर एशोसियसनले संकेत गरेको छ । युद्ध चर्किएसँगै नेपाल आयल निगमले डिलरहरुलाई दिइरहेको कोटा घटाएको एशोसियसनले जनाएको छ ।

लुम्बिनी प्रदेशमा रहेको भलबारी डिपो र नेपालगन्ज डिपोले साबिक भन्दा घटाएर डिलरलाई तेल दिएपछि पेट्रालियम पदार्थमा सामान्य अभाव देखिन थालेको हो । डिलर एशोसियसनका लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानले साविकको भन्दा घटाएर डिलरहरुलाई पेट्रोलियम पदार्थ दिइएको बताए । आयल निगमले दिनहुँ घाटामा रहेको विज्ञप्ति निकाल्ने र कुनैपनि बेला पुनः मुल्य बढ्न सक्ने हल्ला मच्चाएपछि उपभोक्ताले अनावश्यक भण्डारण गर्ने गरेका कारण पनि अभाव जस्तो देखिएको न्यौपानेले बताए ।

लुम्बिनी प्रदेशमा प्रतिदिन डिजेल १४ लाख लिटर र पेट्रोल ४ लाख लिटर खपट हुँदै आएको छ । बुधबार भने निगमले पेट्रोलमा २५ हजार लिटर र डिजलमा २ लाख लिटर घटाएर उपलब्ध गराएको संयोजक न्यौपानेले बताए ।

पेट्रोलियम पदार्थको अवस्थाको बारेमा जानकारी लिन निगमका लुम्बिनी प्रदेश प्रमुख नवबिनोद पोखरेललाई फोन गर्दा उनले मोबाइल उठाएनन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ७ : ०७ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज