१६ बैशाख २०८३, बुधबार | April 29, 2026

माओवादीमा एमसीसी कलहः श्रेष्ठले केन्द्रीय कमिटीमा फरक मत पेस गर्ने



काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रीय कमिटीको बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषय चर्को रुपमा उठने भएको छ ।

गत १३(१९ पुसमा सम्पन्न महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधनबिना नै एमसीसी अनुमोदन गराउने निर्णय लिएको विषयलाई लिएर बैठकमा चर्को रुपमा उठने भएको हो ।

महाधिवेशन र संसदीय दलको निर्णयविपरीत ‘व्याख्यात्मक घोषणा’को भरमा एमसीसीको पक्षमा उभिएकोमा आपत्ति जनाउँदै आएका नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकमा लिखित रुपमा फरक मत राख्ने भएका छन् ।

‘एमसीसीको बारेमा पार्टी नेतृत्वले लिएको निर्णय प्रति आपत्ति जनाउँदै आउनु भएका नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनु हुनेछ,’ श्रेष्ठ निकट केन्द्रीय सदस्य जीवन गौतमले न्युज कारखानासँग भने, ‘उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यही अनुसार आगमी रणनीति तय हुनेछ ।’

उनका अनुसार बैठकमा राखिएको फरक मतका बारेमा पार्टी केन्द्रीय कमिटीमा घनिभुत छलफल हुनुपर्ने माग श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राखेका छन् । माओवादी केन्द्रीय कमिटी बैठक राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ०३ बजे

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न

ठेक्काको विवरण हेरफेर प्रकरण : आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस