२५ असार २०८३, बिहिबार | July 9, 2026

नेपाली कांग्रेस वडा १५ को निशुल्क स्वस्थ्य शिविर, ५ सय १९ जनाले लिए सेवा



बुटवल । नेपाली काग्रेस वडा समिति, बुटवल उपमहानगरपालिका १५ ले शनिबार वृहत निशुल्क स्वस्थ्य शिविर संचालन गरेको छ । सिद्घबिनायक सेकेण्डरी स्कुल परिसरमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै नेपाली काग्रेस जिल्ला सभापति रामकृष्ण खाडले मानव स्वस्थ्य सेवालाई सरकारको प्राथमिकताको विषय भएको बताए ।

कार्यक्रममा नेपाली काग्रेस पार्टी, बुटवल उपमहानगरका नगरसभापति खेलराज पाण्डेले स्वस्थ्य शिविरलाई यज्ञसंग तुलना गर्दै यो सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर सबै लाग्नुपर्नु बताए । विपिको भनाईलाई स्मरण गर्दै समाज स्वस्थ्य भएमात्र देश स्वस्थ्य हुने भावना अनुसार जनताको स्वस्थ्यलाई ध्यान दिएर गरिएको कार्यक्रम निक्कै महत्वपुर्ण भएको बताए ।

लुम्बिनी प्रदेश (३) ख का सभापति घनश्याम चालिसे, प्रतिनिधि सभा सदस्य ईस्तियाक अहमद खान, सक्रिना फार्मेसीका रमेश कुवरले स्वार्थभन्दा माथि सेवा भएको बताए ।
सक्रिना फार्मेसी, मल्टिस्टार रेफरेन्स प्याथ ल्याब, नवपंचरत्न युवा क्लब, सिमली डेन्टल, ग्रेस फार्माच्युटिकस प्रालि, एनएमएसआरए बुटवल युनिट रुपन्देही, बुटवल लायन्स आँखा अस्पताल सुनौलो भविष्य पुरुष जागरण समुहको सहयोगमा संचालन भएको निशुल्क स्वस्थ्य शिविरमा ५ सय १९ जना स्थानियले सेवा लिएको वडाको तरुण दल सभापति शिव रानाले बताए ।

शिविरमा मुटु तथा छाति पेट रोग विशेषज्ञ कृष्ण खनाल, नशा तथा मनोरोग विशेषज्ञ डा एन्जिल क्षेत्री, स्त्री तथा प्रसुती रोग दीक्षा श्रेष्ठ, छाला, यौन रोग कमल आचार्य, नाककान तथा घाँटी रोग मधुसुधन श्रेष्ठ, हार्डजोर्ने तथा नशा रोग डा युधिष्ठिर राज खड्का, रेडियो डाईग्नोसिष्ट डा आवास श्रेष्ठ, जर्नल एवं ल्याप्रोस्कोपी डा विनय केसीसहित ३० जना बढी स्वस्थ्यकर्मीहरुले सेवा दिएका थिए । शिविरमा निशुल्क आरबिएस, फाष्टिङ सुगर, पिपि सुगर, युरिक एसिड जाँच गरिनुका साथै निशुल्क औषधी समेत वितरण गरिएको पार्टी वडा सहसचिव सुर्य प्रसाद काफ्लेले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ३५ बजे

बालमन्दिरको जग्गा लिज प्रकरणमा तीन जना पक्राउ, सीआईबीले बढायो अनुसन्धान

काठमाडौं । नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा लिजमा दिइएको विषयसँग

प्रतिनिधिसभा बैठक : विभिन्न विधेयक पेश हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा

आजपनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

यातायात व्यवसायीलाई महासंघको निर्देशन : बढी भाडा, ओभरलोड र यात्रुमाथि दुर्व्यवहार नगर्न चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सेवामा

चीनका लागि ७ पूर्वराजदूतहरूको प्रश्न : के नेपालको एक चीन नीति बदलिएको हो ?

काठमाडौँ । काठमाडौँमा हालै सम्पन्न दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी