१६ बैशाख २०८३, बुधबार | April 29, 2026

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बस्दै छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बैठक बोलाएका हुन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन पेश गर्न सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भाविता कार्यसूचीमा प्रतिवेदन पेश गर्ने मात्रै उल्लेख छ । त्यसअघि बस्ने प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक थप कार्यसूची तय गर्न सकिने जनाइएको छ ।

अघिल्लो बैठकबाट बाहिरिने क्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका थिए ।

फागुन १ गते सत्तारुढ दलका सांसदले प्रधान्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। जसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदका् हस्ताक्षर रहेको छ ।

त्यसमा अझै छलफल हुन सकेको छैन । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विवादका कारण महाअभियोग प्रस्ताव ओझेलमा परेको थियो । एमसीसी सम्झौता फागुन १५ गते अनुमोदन भइसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ३३ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात