१२ माघ २०८२, सोमबार | January 26, 2026

हिमपहिरोमा परेर १५ चौरीको मृत्यु



मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन् ।

छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका-२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन् । शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए ।

‘चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो,’ उनले भने, ‘हिउँले पुरिएर चौरी मरेका हुन् ।’ चौरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए। बिहान गोठाला जाँदा चौरी मरेका भेटिएपछि खबर गरेका थिए । प्रहरी, कृषक र पशु सेवा प्राविधिकको टोलीले क्षतिको विवरण सङ्कलनका लागि घटनास्थलतर्फ गएका छन् ।

हिउँदमा जाडो छल्न बेशी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो। मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ ।

गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । मुस्लोसहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ शिक्षक विद्यार्थी घाइते भएका थिए । नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ४४ बजे

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

उत्तेजनाको राजनीतिमा मैले विश्वास गर्दिन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेससँगको सम्बन्धलाई अझ

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल