१४ चैत्र २०८२, शनिबार | March 28, 2026

१० वर्षमा २८ सय जनशक्ति उत्पादन गर्ने मनमोहन प्राविधिक विश्वविद्यालयको लक्ष्य



धनकुटा । मोरङको बुढीगंगा-४ को मनमोहन प्राविधिक विश्वविद्यालय १० वर्षे कार्ययोजना अघि सारेको छ । कार्ययोजना अन्तर्गत तीन वटा स्कुल अन्तर्गत स्नातक, स्नातकोत्तर र विद्यावारिधी गरी २८ वटा शंकाय सञ्चालन गरी २ हजार ८ सय ३१ जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

विश्वविद्यालयले धनकुटामा स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७८/०७९ का विषयमा पत्रकार तथा विद्यार्थी संगठन र शिक्षक संगठनसँग अन्तर्क्रिया गर्दै उक्त जानकारी दिएको हो ।

प्रदेश १ सरकारले कानुन निर्माण गरेर विश्वविद्यालयको स्थापना गरेको डिन डाक्टर प्रचण्डमान श्रेष्ठले बताए । उनका अनुसार प्रदेश १ सरकारले प्रदेशसभाबाट कानुन निर्माण गरी १६ असाेज ०७६ मा प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी विश्वविद्यालयको स्थापना गरेको हो । दुई वर्षअघि नै कानुन निर्माण भएको भए पनि नियमावली र निर्देशिका बनाउनुपर्ने भएकाले सञ्चालनका लागि समय लागेको उनको भनाइ छ ।

प्राविधिक शिक्षालाई गुणस्तरीय, वैज्ञानिक तथा जीवन उपयोगी बनाउने उद्देश्यले विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको स्थापना भएको विश्वविद्यालयका इन्जिनियर नरेन्द्रकुमार डाँगीले बताए । अबको आवश्यकता प्राविधिक शिक्षाको भएको र इञ्जिनियरिङ विषयको माग रहेको डाँगीको भनाइ छ । युवालाई प्राविधिक शिक्षातर्फ अग्रसर गराउँदै शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्ने वर्तमान आवश्यकता परिपूर्तिका लागि विश्वविद्यालयको स्थापना भएको उनले बताए ।

न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन विश्वविद्यालय लागि परेको इञ्जिनियर युवराज चौधरीले बताए । पर्याप्त भौतिक संरचना र गुणस्तरीयतामा जोड नै विश्वविद्यालयको पहिचान रहेको उनको भनाइ छ ।

विश्वविद्यालयले स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत स्नातक तहको सिभिल इञ्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा भर्ना खुलाएको छ । प्रत्येक फ्याकल्टीमा ४८ जनाको सिट स्वीकृति लिइएको भए पनि यो वर्ष २४ कोटामा भर्ना लिइने भएको छ । विश्वविद्यालयले प्रदेश १ का लागि मात्र महिला १, लक्षित वर्ग २ र दलित वर्ग १ गरी ४ वटा कोटा छुट्याएको छ ।

प्रदेश १ सरकारको अनुदानबाट विश्वविद्यालय सञ्चालन हुने भएकाले प्रदेश १ कै जनतालाई लाभ पुर्‍याउन कोटा छुट्याइएको अधिकृत सुजन भुर्तेलले जानकारी दिए । २४ सिटमध्ये विभिन्न कोटासहित १५ कोटा आरक्षित र ९ कोटा खुला भएको उनले बताए ।

विश्वविद्यालयले ४ वर्षे स्नातक तह अन्तर्गत सिभिल इञ्जिनियरिङमा नेपाली विद्यार्थीका लागि ५ लाख ८० हजार, विदेशीका लागि ८ लाख ४९ हजार ८ सय र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा नेपालीका लागि ५ लाख ७० हजार र विदेशी विद्यार्थीका लागि ८ लाख ३९ हजार आठ सय रुपैयाँ शुल्क तोकेको छ ।

३० जना महिला विद्यार्थीका लागि होस्टेल क्षमता रहेको र प्रतिमहिना आवास शुल्क ६ सय रुपैयाँ तोकिएको छ । आगामी चैत्र २ गतेसम्म भर्नाका लागि आवेदन खुला गरिएको र विलम्ब शुल्क तिरेर थप ७ दिन भित्रमा आवेदन दिन सकिने छ ।

विश्वविद्यालयले हाल स्कुल अफ इञ्जिनियरिङ सञ्चालन गर्न लागेको भए पनि भविष्यमा स्कुल एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एप्लाइड हेल्थ साइन्सेज सञ्चालन गर्ने योजना रहेको डीन प्रधानले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : ३७ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको