९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

एसियाली खेलकुद प्रतियोगिता : टेबलटेनिसमा नेपालका खेलाडी पराजित



काठमाडौं । जापानमा जारी वीसौँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ अन्तर्गत टेबलटेनिसको पुरुष एकल विधामा नेपालका खेलाडीद्वय रुबिन महर्जन र संयोग कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् ।

जापानको नायोगास्थित काइ हल टोयोटामा आज भएको खेलमा रुबिन मकाउका खेलाडी टिन इयान माकसँग पराजित हुँदा संयोग यमनका इब्राहिम गुब्रानसँग पराजित भए । रुबिनले खेलको पहिलो सेट ११–५ ले गुमाए तर खेलको दोस्रो सेट भने आफनो पक्षमा पारे । उनले दोस्रो सेटमा ११–३ को जित निकाले । तर उनी त्यसपछिको लगातार सेटमा पराजित भए । खेलको तेस्रो सेट ११–९, चौथो सेट ११–४ तथा पाँचौँ सेट १२–१० ले गुमाए ।

यता संयोगले पनि यमनका खेलाडी इब्राहिम गुब्रानसँग समान ४–१ कै सेटमा पराजित भए । उनले खेलको पहिलो सेट ११–५ ले गुमाए भने खेलको दोस्रो सेट ११–८ ले पछि परे । त्यसपछि खेलको तेस्रो सेट ११–५ ले जित्दै खेलमा फर्किने प्रयास गरेता पनि सफल भएनन । त्यसपछि खेलको चौथो र पाँचौँ सेट क्रमशः ११–७ र ११–६ ले पराजित हुन पुगे ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  १ : ०१ बजे

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न

त्रिभुवन राजपथमा पालैपालो सवारीसाधन सञ्चालन

हेटौंडा । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग

एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान पराजित

काठमाडौं। जापानमा भइरहेको २०औं एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले विजयी

आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझै बढ्ने

काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा