१९ असार २०८३, शुक्रबार | July 3, 2026

मधेसको बहुचर्चित मिथिला परिक्रमा महोत्तरीको मट्टिहानीमा आइपुग्यो



महोत्तरी । विभिन्न धार्मिक स्थलको परिक्रम गरी १५ दिने मिथिला परिक्रमा आज महोत्तरीको मट्टीहानी आइपुगेको छ । मिथिलाविहारीको डोलसँगै सुरु भएको मिथिला परिक्रमा आज चौथो दिन मट्टीहानी आइपुगेको हो । परिक्रमामा ५० हजारभन्दा बढी व्यक्ति सहभागी छन् ।

फागुनको औँशीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो धार्मिक यात्रा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट सुरु हुने गर्छ ।

त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठ मन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ ।

डोलामा पछि परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौँ नरनारीहरु सहभागिता हुने गर्छन् । लावालस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने चलन छ ।

सोही क्रममा आज अत्यन्त तामझामका साथ तिर्थालुहरुको समूह मट्टीहानी आइपुगेको हो । मट्टीहानीमा भब्य पुजाआजाका साथ आज दिनभरी र रातभरी विश्राम गरी भोलि पुन: परिक्रमको यात्रामा उनीहरु निस्कनेछन ।

मट्टीहानीमा आज नगरभरी सार्वजनिक विदा समेत दिएको नगरप्रमुख हरि मण्डलले जानकारी दिए ।

परिक्रममाअन्तर्गत क्रमशः जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चन वन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५औँ दिन जनकपुरको अन्तरगृह परिक्रम गरी मध्यपरिक्रमा सम्पन्न गरिने चलन छ ।

परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरसहितका क्षेत्रमा होली पर्व मनाउने चलन रहेको छ । परिक्रमा नेपाल र भारतका भूमिसँग जोडिएकोले परापूर्वकालदेखि यी दुई मुलुकको सम्बन्ध सुमधुर राख्न यसले ठूलो भूमिका निर्वाह गर्दै आएको पनि विश्वास रहेकाे छ ।

परिक्रममा सहभागीले १०८ तीर्थस्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको छ । परिक्रमामा सहभागी भएका १५ दिनसम्म आफ्नो घर नफर्कने चलन पनि छ ।

परिक्रममा नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटर गरी १सय ३३ किलोमिटर पैदल घुम्ने गरिन्छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : ४३ बजे

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक