१० असार २०८३, बुधबार | June 24, 2026

बाँकेबाट विश्वविद्यालय सार्न नदिन प्रदेशसभा सदस्यको संयोजकत्वमा संघर्ष समिति गठन



नेपालगन्ज । बाँकेको खजुरामा स्थापना गरिने भनिएको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र सार्ने षडयन्त्र भएको भन्दै बाँकेमा सर्व पक्षिय संघर्ष समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेको अगुवाईमा आज गरिएको सर्वदलिय र सर्वपक्षिय भेलाले बाँकेका प्रदेशसभा सदस्य एवं पूर्व कृषिमन्त्री आरती पौडेलको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुरालाई अनुपयुक्त भन्दै विश्वविद्यालय अन्यत्र सार्ने तयारी भएको बताएसँगै बाँके र बर्दियामा आन्दोलनको तयारी गरिएको हो । संघर्ष समितिमा बाँकेका सम्पूर्ण संघीय र प्रदेशमा सांसदहरु, ८ वटै स्थानीयपालिकाका प्रमुखहरु, बाँकेमा क्रियाशिल संघ, संस्था तथा अधिकारकर्मीका प्रतिनिधिहरुलाई समेटिएको खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । बाँके र बर्दियाका प्रदेशसभा सदस्यहरुको नेतृत्वमा छिट्टै अस्थायी मुकाम बुटवल पुगेर मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापन पत्र बुझाउने भेलाले निर्णय गरेको कक्षपतिले जानकारी दिए ।

उता नेकपा माओवादी केन्द्रका बाँके अध्यक्ष आईपी खरेलले विश्वविद्यालयको मुख्यालय खजुराको रनियापुरबाट कुनैहालतमा लैजान नदिइने बताएका छन् । उनले कसैको लहडमा र आवेगमा प्रदेशसभाबाट पास भएको विश्वविद्यालय सम्बन्धि निर्णय परिवर्तन हुन नसक्ने बताउँदै खरेलले अनाधिकृतरुपमा प्रदेश योजना आयोगका उपाध्यक्षले हल्ला मच्चाएको आरोप लगाए । खरेलले स्थानीय गाँउपालिकाले एक्लै श्रेय लिने नियतका साथ जग्गा प्राप्ती र विश्वविद्यालय स्थपनाको प्रगति लुकाएका कारण विश्वविद्यालय प्रकरणको सृजना भएको समेत आरोप लगाए ।

उपाध्यक्ष क्षेत्रीले पत्रकार सम्मेलनमा खजुरा विश्वविद्यालयका लागि अनुपयुक्त भएको भन्दै दाङको बङ्गलाचुली, दाङकै बेलझुण्डी वा कपिलवस्तुको बहादुरगन्जमा विश्वविद्यालय स्थापना गर्न जग्गाको व्यवस्था हुँदै गरेको बताएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : २३ बजे

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३