१ पुस २०८२, मंगलबार | December 16, 2025

नाइजेरियामा ५७ लडाकू मारिए



एजेन्सी । नाइजेरियामा शसस्त्र समूहको आक्रमणमा परी प्रतिकार समूहका ५७ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षाका लागि सरकार निकट मानिने लडाकू दस्ताका सदस्यलाई बन्दूकधारीहरूले हत्या गरेका हुन् ।

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जुरू जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय सुरक्षा श्रोत र स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

घटना सोमबार भएपनि प्रहरीले मङ्गलबार मात्रै घटनाका बारेमा जानकारी दिएको हो । प्रहरीले घटनास्थलबाट ५७ जनाको शव निकालिएको बताएपनि स्थानीयले भने ६२ जनाको मृत्यु भएको दावी गरेका छन् ।

नाइजेरियामा शसस्त्र लुटेराहरूले स्थानीय बासिन्दालाई कुटपिट गर्ने, हत्या गर्ने र लुटपाट गर्ने गरेकाले प्रतिकारका लागि सरकारको सहयोगमा प्रतिकार समूहको व्यवस्था गरिएको छ ।

प्रतिकार समूहका सदस्य र लुटेराहरूको समूहबीचमा बेला बेलामा झडप हुने र मानवीय क्षति हुने गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ६ : ४८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज