७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुसको आक्रमणमा परेर युक्रेनी अभिनेता पाशाको निधन



एजेन्सी । रुस र युक्रेनबीच युद्ध जारी छ । यो युद्धमा परेर एक युक्रेनी अभिनेता पाशा लीको निधन भएको छ । युक्रेनी सेनासँग आबद्ध पाशाले देशको सुरक्षाको क्रममा ज्यान गुमाएका हुन् ।

पाशा अग्रमोर्चामा रहेर सेनाको निर्देशन पालन गरिरहेका थिए । यही बेला मार्च ६ मा इरपिनमा भएको बमबारीमा उनको मृत्यु भएको हो । यो कुराको जानकारी ‘ओडेसा इन्टरनेशनल फिल्म फेस्टिभल’ले सामाजिक सञ्जालमा पोस्ट शेयर गर्दै दिएको हो ।

पाशा ३३ वर्षका थिए । युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि उनले अभिनय करियर छोडेका थिए । यसपछि उनी युक्रेनको टेरिटोरियल डिफेन्स युनिटमा आबद्ध भएका थिए ।

पाशा युक्रेनको लोकप्रिय अभिनेता, डबिङ कलाकार, गायक तथा संगीतकार थिए । उनले आफ्नो करियर टेलिभिजन कमर्शियलबाट सुरु गरेका थिए ।

उनले सन् २००६ मा ‘स्टोलन्या’ नामको फिल्मबाट अभिनय करियर प्रारम्भ गरेका थिए । उनको लोकप्रिय फिल्ममा ‘स्याडो अफ अनफरगटन एन्सेस्टर’, ‘द फाइट रुल्स’ र ‘मिटिङ्स अफ क्लासमेट्स’ छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : १० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११