१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

गुल्मीको मदानेमा एकिकृत बस्ती हस्तान्तरण



गुल्मी । गुल्मीको मदाने गाउँपालिका-३ सिर्सेनीमा एकीकृत बस्ती हस्तान्तरण गरिएको छ । मदाने गाउँपालिकाले निर्माण गरेका १७ घर पूर्वमन्त्री तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण विष्टले हस्तान्तरण गरेका हुन् । घर प्राप्त गर्ने ९५ प्रतिशत घर परिवार दलित छन् ।

सालझण्डी-ढोरपाटन सडक र भूकम्पका कारण बस्ती पहिरोको जोखिममा परेपछि लामो समयदेखि समस्यामा परेका थिए । स्थानीय तह पहिलेदेखिकै समस्या भएपनि कसैले उनीहरुलाई व्यावस्थापनको पहल गरेनन् । सोहि गाउँका शालिक बहादुर कामीले ठूलो पानी परे घर छोडेर विद्यालय वा त्रिपाल टाँगेर बस्नुपर्ने बिगत सम्झिए ।

स्थानीय तहको निर्वाचनपछि मदाने गाउँपालिकाले आफै जग्गा प्राप्त गरेर ९९ लाख ४१ हजारको लागतमा बस्ती निर्माण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिए । उनले गाउँपालिकाका चार स्थानमा एकीकृत बस्ती निर्माणको काम भए पनि गाउँपालिकाले आफ्नै लगानीमा १७ घर निर्माण गरेको बताए । कोभिडको कारण समयमै बस्ती हस्तान्तरणको काम भएको थिएन् ।

गाउँपालिकाले जग्गा खरिदसहित दुई कोठे घर, शौचालय, निशुल्क मिटरबक्स र धाराहरु निर्माण गरेर १७ घरलाई हस्तान्तरण गरेको गाउँपालिका उपप्रमुख सरिता खड्काले जानकारी दिइन् । सिर्सेनीकै काफलपाटा, सिम र खन्युखर्कमा पनि एकिकृत बस्ती निर्माणको काम भइरहेको छ । काफलपाटा, सिम र खन्युखर्कमा पुनर्निर्माण प्राधिकरणबाट एकीकृत बस्ती निर्माणको काम भएको खड्काले बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाल भुसालले अब घरहरुको रेखदेख समुदाय आफैले गर्नुपर्ने बताए । उनले आफ्नो र सरकारले बनाएको दृष्टिकोण राखे बस्तीको संरक्षण नहुने भएकाले ख्याल गर्न स्थानीयलाई आग्रह गरे ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ७ : ४९ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट