२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



बुटवल । रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकाको गढवा गाउपालिका वडा नं. १ बडहरामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ठूलो संख्यामा विरामीहरुले लाभ लिएका थिए ।

स्थानिय कुलपाली सामुदायिक वन उपभोक्ता समुहको समन्वयमा भएको एक दिने शिविरमा करिव ६ सय जनाको स्वाश्थ्य परिक्षण गरिनुकासाथै करिव २ लाख मूल्य बराबरको औषधि निशुल्क वितरण गरिएको जनाएको छ । शिविरमा सो गाउपालिकाका वडा नं. १ र २ कासाथै छिमेकी राप्ती गाउपालिकाका बासिन्दाले प्रत्यक्ष लाभ लिएका थिए ।

शिविरको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वाश्थ्य, जनसंख्या, वातावरण तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले ग्रामीण स्तरमा गरिएको निशुल्क स्वाश्थ्य शिविरले स्थानिय बासिन्दाले प्रत्यक्ष लाभ लिन पाएको भन्दै खुशी व्यक्त गरे ।

मन्त्री थारुले प्रदेश सरकारले स्वाश्थ्य क्षेत्रको विकास र जनतासम्म त्यसको पहुच पु¥याउने कुरालाई प्राथमिकताको सुचीमा राखेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्नका लागि सबैको सहयोग जरुरी रहेको बताए । उनले स्वास्थ्यलाई नगरिकको मौलिक हकको रुपमा संविधानमा समावेश भएपनि त्यसको पहुचको हिसाबले अझ पूर्णता पाउन नसकेको बताउदै स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने कुराहरु धेरै रहेको जिकिर गरे ।

कार्यक्रमका विशिष्ठ अतिथि संविधानसभा सदस्य रश्मिराज नेपालीले रोटरी क्लबले आफ्नो उद्देश्य अनुसार समाज सेवामा देखाएको सक्रियताप्रति आभार व्यक्त गर्दै नागरिकको स्वाश्थ्य अधिकार स्थापित गर्न यसप्रकारका कार्यक्रमले थप बल प्रदान गर्ने विश्वास व्यक्त गरे । नेपालीले समाज र तल्लोवर्गको आवश्यक्ता र चाहानामा केन्द्रीत रहेर स्वाश्थ्य शिक्षा र रोजगारको क्षेत्रमा राज्यले सामाजिक क्षेत्रका सघंसस्थाहरुसंग सहकार्य गरेर अगाडी बढ्न सुझाव दिए ।

कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव भण्डारीले समुदाय केन्द्रीत कार्यक्रमले समाजसंग क्लबलाई जोडेर काम गर्ने अवसरमा प्राप्त भएको उल्लेख गर्दै मानिसको जिवनसंग जोडिएको स्वाश्थ्य क्षेत्रमा रोटरी र रोट्¥याक क्लबले सधै काम गर्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष मुक्तिराम भण्डारीले रोटरीले बोकेको सेवा भावको पवित्र उद्देश्यलाई जनतासंग जोडेर अगाडी बढाउदै आएको उल्लेख गर्दै आगाडीका दिनमा सामुदायिक वनसंगको सहकार्यलाई निरन्तरता दिने जनाए । उनले प्रदेश राजधानी क्लबले कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहयोग गर्ने स्थानिय सहयागीहरुप्रति आभार व्यक्त गरे ।

रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष सुमन वस्यालले रोटरी सेवा र अवसरबाट वञ्चित नागरिकहरुको सेवामा लाग्ने अन्तराष्ट्रिय संस्था भएको हुदा सामाजिक काममा जनतासंग मिलेर आफ्नो गतिविधि गर्दै आएको जनाउदै स्थानिय सहयोगी हातहरु र सेवा लिन आएका सर्वसाधरणहरुलाई धन्यवाद दिए ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष मुक्तराम भण्डारी र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष सुमन बस्यालको संयुक्त अध्यक्षता, मुक्ती पन्थीको सञ्चालनमा भएको कार्यक्रममा कुलपाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्मा, फर्मास्युटिकल एसोसिएसनका उपाध्यक्ष किरण ढकाल, डा. विनोद पौडेल लगायत बोलेका थिए ।

स्थानिय जनशक्ति सामुदायिक वन उपभोक्ता समुह, लक्ष्मी सामुदायिक वन उपभोक्ता समुह, वनशक्ति सामुदायिक वन उपभोक्ता समुह र कुनलपानी युवा क्लबको सहयोगमा भएको शिविर स्त्रीरोग, हाडजोर्नी, दात, मानसिक, जनरल फिजिसियन तथा फिजिवथेरापी चिकित्सकहरुले चेकजाच गरेका थिए ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा अघल्लो वर्ष पनि सोही स्थानमा शिविर सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ३२ बजे

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना