२२ भदौ २०८३, सोमबार | September 7, 2026

हुरीसँगै आगलागी बढ्न थाल्यो, तर उपकरण बनेन



काठमाडौं । हाबाहुरीको मौसम शुरू भएसँगे काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा दैनिक आगलागीका घटना बढ्न थालेका छन् । तर, कतिपय जिल्ला मग्नि नियन्त्रणका उपकरण नै छैनन् भने कति ठाउँमा भएका पनि बिग्रेर थन्किएका छन् ।

धेरैजसो आगलालीका घटना विद्युतीय उपकरण जुधेर र खाना पकाउने ग्याँस चुहेर वा चुरोटको ठुटो जथाभावी फाल्नाले भएको अनुसन्धानकर्ताहरूको भनाइ छ । सुकेको पात–पत्कर जलाउनको लागि जंगलमा आगो लगाउनाले पनि यस्ता घटना बढेको बताइएको छ ।

काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले गर्मी लागेसँगै आगलागीका घटना बढ्नसक्ने भएकोले सचेत भएको दाबी गरे । उनका अनुसार यसको लागि वडा स्तरबाटै जनचेतनाका कार्यक्रम शुरू गरिएको छ । आगलागीका घटना हुन नदिन विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताउँदै उनले भने- घटना भएपछि उद्धारतिर लाग्नुभन्दा हुनै नदिनको लागि सावधानी अपनाएका छौं ।

कामपासँग हाल चालु अवस्थामा ४ वटा दमकल र दुईवटा फायर पम्प छन् । बौद्धस्थित रामहिटीमा दमकल तयारी अवस्थमा राखिएको कामपाको भनाइ छ । विपद् व्यवस्थापन विभाग प्रमुख श्रेष्ठले तीनवटा नयाँ दमकल, पाँचवटा फायर फाइटर खरिद गर्ने तयारी भइरहेको पनि बताए ।

गर्मी लागेसँगै असावधानीका कारण आगलागीका घटना बढ्दै गएको तथ्याङ्क छ । आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : २८ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा