१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

हुरीसँगै आगलागी बढ्न थाल्यो, तर उपकरण बनेन



काठमाडौं । हाबाहुरीको मौसम शुरू भएसँगे काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा दैनिक आगलागीका घटना बढ्न थालेका छन् । तर, कतिपय जिल्ला मग्नि नियन्त्रणका उपकरण नै छैनन् भने कति ठाउँमा भएका पनि बिग्रेर थन्किएका छन् ।

धेरैजसो आगलालीका घटना विद्युतीय उपकरण जुधेर र खाना पकाउने ग्याँस चुहेर वा चुरोटको ठुटो जथाभावी फाल्नाले भएको अनुसन्धानकर्ताहरूको भनाइ छ । सुकेको पात–पत्कर जलाउनको लागि जंगलमा आगो लगाउनाले पनि यस्ता घटना बढेको बताइएको छ ।

काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले गर्मी लागेसँगै आगलागीका घटना बढ्नसक्ने भएकोले सचेत भएको दाबी गरे । उनका अनुसार यसको लागि वडा स्तरबाटै जनचेतनाका कार्यक्रम शुरू गरिएको छ । आगलागीका घटना हुन नदिन विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताउँदै उनले भने- घटना भएपछि उद्धारतिर लाग्नुभन्दा हुनै नदिनको लागि सावधानी अपनाएका छौं ।

कामपासँग हाल चालु अवस्थामा ४ वटा दमकल र दुईवटा फायर पम्प छन् । बौद्धस्थित रामहिटीमा दमकल तयारी अवस्थमा राखिएको कामपाको भनाइ छ । विपद् व्यवस्थापन विभाग प्रमुख श्रेष्ठले तीनवटा नयाँ दमकल, पाँचवटा फायर फाइटर खरिद गर्ने तयारी भइरहेको पनि बताए ।

गर्मी लागेसँगै असावधानीका कारण आगलागीका घटना बढ्दै गएको तथ्याङ्क छ । आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : २८ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको