१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

उद्योग मैत्री वन नीति नहुँदा करोडौं नेपाली मुद्रा बाहिरिने गरेको काष्ठ उद्योगीको गुनासो



बुटवल । वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष मंजिल बाबु मास्केले राज्यले उद्योग मैत्री नीति बनाउन नसक्दा नेपालका बन जङ्गलमा अरबौंको काठ सडेर जाने र अरबौंको काठ बिदेशबाट आयात हुने अवस्था आएको बताएका छन् । सोमबार रुपन्देहीमा हुने महासंघको केन्द्रीय साधारणसभाका लागि लुम्बिनी पुगेका अध्यक्ष मास्केले खबरकुरासँग कुरा गर्दै राज्यले काठजन्य उद्योगलाई हेर्ने दृष्टिकोण गलत रहेको बताए ।

उनले वन र काष्ठ उद्योगको दुरी देखि वन सदुपयोग गर्ने विषयमा नै राज्य भ्रममा रहेको बताउँदै नितीगत सुधार नहुँदा सम्म नेपालको वन पनि नजोगिने र काठ आयात पनि बढ्दै जाने बताए । निजी क्षेत्रलाई वन संरक्षणमा सहभागी नबनाउँदा सम्म सरकारले मात्र वन जोगाउन नसक्ने टिप्पणी गर्दै वनको संरक्षण र उपयोगको नीति बनाउन सकेमात्र सरकारले सफलता हासिल गर्न सक्ने मास्केको भनाई छ । ‘नेपालका वनहरुमा अहिलेपनि करोडौंको बहुमुल्य काठ डढेलोको कारण जलेर नष्ट भएको छ,’ उनले भने, ‘तर व्यवसायीहरु तेस्रो मुलुकबाट काठ आयात गर्न बाध्य छन् ।’

व्यवसायीहरुलाई कसरी दुःख दिन सकिन्छ भन्ने तर्फ नै सरकारी अधिकारीहरु लाग्ने गरेको आरोप लगाउँदै अध्यक्ष मास्केले राज्य संयन्त्र र व्यवसायीबीच विश्वासको संकट रहेको बताए । साधारणसभामा व्यवसायीले झेल्नु परेका विविध विषयमा छलफल हुने र संघ तथा प्रदेशमा बन्दै गरेका वन निती निर्माणमा सुझाव दिइने उनले बताए ।

नेपालमा ४४ दशमलव ४७ वन क्षेत्र रहेको छ । नेपालमा ५० करोड बराबरको तयारी फर्निचर र ५० करोड बराबरको काठजन्य कच्चा पदार्थ आयात हुने गरेको अनुमान गरिएको छ ।

साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष दिनेशराज रेग्मीले बताए । देशभरीका ३५० जना प्रतिनिधि व्यवसायीले साधारणसभामा भाग लिने उनले बताए । महासंघको ५२ जिल्लामा शाखा र ३ वटा वस्तुगत समितिहरु रहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : १८ बजे

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे