७ चैत्र २०८२, शनिबार | March 21, 2026

एनआरएनए चीनको सिचुवान क्षेत्रीय समिति गठन



काठमाडौं । गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रीय समिति गठन भएको छ। नयाँ समिति गठनसँगै गैरआवासीय नेपाली संघ चीनको क्षेत्राधिकार व्यापक हुनुका साथै यसलाई थप विस्तृत बनाएर चीनमा रहेका नेपालीलाई एकतावद्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चीनमा कोरोना महामारीका बिरामीहरु पुनः बढ्न थालेपछि सतर्कता अपनाइएको कारणले भर्चुअलरुपमा आयोजना गरिएको कार्यक्रममा डा. बुद्धिप्रसाद शर्माको अध्यक्षतामा दश सदस्यीय गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रीय तर्दथ समिति गठन सर्वसम्मतिबाट गरिएको छ ।

समितिमा उपाध्यक्षहरु डा. रोवोट घिमिरे र राजु सिलवाल, महासचिव डा। पर्वतराज रेग्मी, सचिव डा. बिष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा अर्जुन गिरी रहनुभएको छ भने सदस्यहरुमा डा। एलिजा पौड्याल, विकल्प बस्नेत, कमलकुमार कार्की र प्रकाश सुनार रहेका छन् ।

कार्यक्रममा धारणा राख्दै चीनमा रहेका नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूतहरु दिनेशकुमार घिमिरे [छन्तु], हरिशरण पुडासैनी [क्वान्चौ] तथा नेपाली राजदूतावासका ईकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले एनआरएनए चीनको नयाँ क्षेत्रीय समिति गठनले एनआरएनए चीनलाई थप सघनरुपमा कार्य गर्न र चीनमा रहेका नेपालीहरुलाई एकतावद्ध गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यसकोलागि आफूहरुको तर्फबाट सहयोग रहने बचनवद्धता व्यक्त गरे ।

यस्तै कार्यक्रममा एनआरएनए चीनका आईसीसी सदस्य नबिन विक एनआरएनए चीनका पूर्व अध्यक्ष सुदेश कुमार झा निवर्तमान अध्यक्ष प्रदिप न्यौपानेले नवगठित समितिका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै यस गठन प्रक्रियाले एनआरएनए चीनलाई थप व्यापक बनाउने आफूहरुको सपना पूरा भएको बताए ।

कार्यक्रममा धारणा राख्दै एनआरएनए चीन कार्यसमितिका उपाध्यक्ष विष्णुप्रसाद डुमरु, महासचिव यादव अर्याल तथा सचिव बिष्णुहरि भण्डारीले नया क्षेत्रीय समिति गठनसगैं थप नयाँ उत्साहकासाथ काम गर्ने वातावरण तयार भएको बताए ।

कार्यक्रमको अध्यक्षता गरेका एनआरएनए चीन कार्यसमितिका अध्यक्ष रोहित अग्रवालले आजको दिन एनआरएनए चीनको लागि ऐतिहासिक क्षण रहेको भन्दै अब नयाँ ढगंबाट नेपाल र नेपालीकालागि थप प्रतिवद्ध भएर काम गर्ने वातवरण तयार भएको धारणा राखे ।

यस्तैगरि नवगठित समितिकातर्फवाट अध्यक्ष शर्माले धारणा राख्दै नयाँ समितिको गठन अत्यन्त महत्वपूर्ण रहेको र यसले एनआरएनए चीनलाई थप सशक्त, प्रभावकारी र व्यापक बनाउन सहयोग पुग्ने उल्लेख गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : १२ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका