५ पुस २०८२, शनिबार | December 20, 2025

पार्टी एकता गरिएपछि फेला परेको ‘भिलेन’सँग लड्नुपर्‍यो : प्रचण्ड



धनगढी । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् ।

धनगढीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरेको बताए ।

‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्‍यो ।’

एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र भएको आरोप लगाएका उनले माओवादीबाट आएका नेताहरूमाथि विभिन्न आरोप लगाएको बताए ।

‘पार्टी एकता गरेपछि हामीमाथि षड्यन्त्र हुनथाल्यो । माओवादीबाट आएका नेतालाई आरोपित गरियो,’ प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ।

कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी तीन दर्जनबढी जिल्ला नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रचण्डले टीका लगाएर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका छन्। पार्टी प्रवेश गर्नेहरुमा स्थानीय तहका निर्वाचित उपाध्यक्षदेखि पार्टी जिल्ला नेताहरु रहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : ५७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता