२ पुस २०८२, बुधबार | December 17, 2025

नयाँ भन्सार एजेन्ट रोक्न पुरानाको चलखेल



काठमाडौं । दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन् ।

दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित पारेर नयाँ एजेन्टको परीक्षा रोक्न सफल भएका थिए ।

पछिल्लोपटक अर्थमन्त्री जनार्दन शर्मा परीक्षा लिएर नयाँ एजेन्ट नियुक्ति गर्ने अडानमा थिए । फागुन २८ का लागि परीक्षा मिति तय भएको थियो । तर उक्त परीक्षा पनि स्थगित भयो ।

भन्सार विभागले ६६० जना भन्सार एजेन्टका लागि दर्खास्त आह्वान गरेको थियो । त्यसका लागि करिब ९ हजारले आवेदन दिएका थिए । विगतमा विभाग र तालुक मन्त्रालयका अधिकारीलाई प्रभावमा पारेर परीक्षा रोक्न सफल भएका एजेन्ट अहिले भने अप्रासंगिक मुद्दा लिएर अदालत गई परीक्षा रोक्न सफल भएको सरकारी अधिकारीहरू बताउँछन् ।

पुराना एजेन्ट समावेशिताको बहाना बनाएर अदालत पुगेका हुन् । पाटन उच्च अदालतको आदेशले भन्सार एजेन्टको परीक्षा फेरि स्थगित भएको हो । आजको नागरिक दैनिकमा दिलीप पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ०६ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको