११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

खजुराको क्यान्सर अस्पतालमा संस्थापकहरुलाई ७५ प्रतिशतसम्म उपचार छुट



नेपालगन्ज । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निर्माण थाल्ने प्रखर परोपकार मिशन नेपालका संस्थापक, आजीवन तथा साधारण सदस्यका लागि सहुलियत दरमा उपचार गर्ने भएको छ । अस्पताल विकास समितिमा नयाँ नेतृत्व आएसँगै अस्पताल स्थापना गर्ने संस्थाका संस्थापक तथा सदस्यहरुलाई सहुलियत दरमा उपचार गर्ने निर्णय गरिएको हो ।

अस्पताल रहेको खजुरा गाँउपालिकाका स्थायी नागरिकलाई निशुल्क ओपीडी सेवा दिने घोषणा गरेको विकास समितिले अस्पतालको संस्थापक सदस्यहरुलाई ७५ प्रतिशत र साधारण र आजिवन सदस्यहरुलाई ५० प्रतिशत उपचारमा छुट दिने निर्णय गरेको हो ।

अस्पताल विकास समितिले संस्थापक र सदस्यहरुलाई छुट दिने निर्णय गरेपनि अस्पताललाई संघीय सरकारको स्वामित्वमा हस्तान्तरण गरेदेखि प्रखर परोपकार मिशन नेपालको नियमित साधारणसभा समेत हुन सकेको छैन । वार्षिक साधारणसभा र लेखा परिक्षण नहुँदा संस्थाको बैधानिकता माथि नै प्रश्न उठेका बेला विकास समितिले अस्पताल निर्माण गर्ने समितिको अस्तित्वलाई स्विकार गरेको छ ।

संस्थापकहरुको योगदानको सम्मान स्वरुप छुट दिने निर्णय गरिएको विकास समितिका अध्यक्ष किशोर थापाले बताए ।

बैठकले अस्पताल हातामा हाईमास्ट लाइट निर्माण गर्ने समेत निर्णय गर्नुका साथै अस्पतालको प्रवक्तामा विकास समितिका सदस्य सुर्यलाल यादवलाई प्रवक्ता तोकेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : २७ बजे

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी