१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

गुल्मीको जोहाङ स्वास्थ्यचौकी आफैँ बिरामी, जीर्ण भवनबाट सेवा प्रवाह



गुल्मी । २०५२ सालमा स्थापना भएको जोहाङ स्वास्थ्य चौकीको छानाले पानी छेक्दैन । चौरको कुनामा पुरानो एक छाप्रे जोहाङ स्वास्थ्य चौकी । कसैले पनि त्यस भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको कल्पना गर्दैनन् । तर, कार्यालयलाई बाध्यता परिरहेको छ, पुरानो भवनबाट सेवा प्रवाह गर्नुपर्ने ।

भवन नहुँदा साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परिक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी इन्चार्ज लक्ष्मण कामीले गुनासो गरे । उनले पुराना भवन सेवा प्रवाहसँगै पानी चुहिएर र मुसाले फाइल काटेर हैरान बनाएको बताए । जोहाङ स्वास्थ्यचौकीसँगै सत्यवतीका तीन स्वास्थ्यचौकीका भवन अलपत्र छन् ।

संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीमार्फत ०७६ सालमा सत्यवती गाउँपालिकाका तीन स्वास्थ्यचौकी निर्माणको लागि डी एण्ड डी कन्स्ट्रक्सनले निर्माण सम्झौता गरेको छ । तर, निर्माण व्यवसायीको काम सुस्ताएको कारण सत्यवती गाउँपालिका ४, ५ र ६ वडाका क्रमश लिम्घा, हँसरा र जोहाङ स्वास्थ्यचौकीको स्टक्चरबाहेकको काम भएको छैन।

पछिल्लो एक वर्ष काम नै नभएपछि स्थानीयले निर्माण व्यवसायी र कार्यालयको आलोचना गर्न थालेको सत्यवती गाउँपालिका ६ जोहाङका युवा सुभाष न्यौपानेले बताए । एउटै निर्माण व्यावसायीलाई तीनवटा ठेक्का पाएका छन् । ठेक्का लिने, तर काम नगर्ने प्रवृत्तिले नागरिक र कार्यालय पनि आजीत हुने गरेका छन् ।

संघीय आयोजना कार्यान्वय इकाई रुपन्देहीका इन्जिनियर टीका थापाले भने निर्माण व्यवसायीले समयमै काम नगरेकाले समस्या आएको बताए । उनले तीनवटै स्वास्थ्यचौकीको काम डी एण्ड डी कन्स्ट्रक्सनले गरिरहेको र सबैको काममा ढुलासुस्ती भएको विषयमा कार्यालय गम्भीर भएर निर्माण व्यवसायीलाई अन्तिम ताकेता गरिरहेको बताए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : ४२ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a