काठमाडौं । रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन रहँदै आएको छ ।
पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो । तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइन्छ ।
फागु पूर्णिमामा तराई मधेसमा बेग्लै रौनक हुन्छ । एउटै उमेरसमूहका युवायुवती जम्मा भएर हर्षोल्लासपूर्ण रूपमा होली मनाउँछन् । होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ ।
त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न चिकित्सकले आग्रह गरेका छन् ।



















प्रतिक्रिया