८ पुस २०८२, मंगलबार | December 24, 2025

राईनासमा ३ सय ९० घण्टाको प्लम्बिङ तालिम



लमजुङ । लमजुङको राईनासमा प्लम्बिङ तालिम सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघ महिला विकास समितीको आयोजना एवं ग्रामीण तालिम विकास केन्द्र सिटिईभिटीको सहयोगमा प्लम्बिङसम्बन्धी ३ सय ९० घण्टाको तालिम सुरु भएको हो ।

नगरपालिका भित्रका युवायुवतीलाई व्यवसायिक सिप सिकाएर गाउँठाउँमै स्वरोजगारको अवसर सिर्जना गर्ने नगरपालिकाको उद्देश्य रहेको राइनास नगरपालिकाकी उपमेयर धनकुमारी गुरुङले बताइन् ।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले व्यवसायीको आवश्यकता र माग बमोजिम विभिन्न विधाका तालिम आयोजना गर्दै आएको बताए ।

तालिममा राईनास नगरपालिका अन्तर्गतका ३० जनाको सहभागिता रहेको छ । तालिममा अधिकांश महिलाको सहभागिता छ । प्लम्बिङको काम प्राय पुरुषले गर्ने तथा गर्दै आएको भए पनि महिलाले पनि पुरुष सरहका काम गर्न सक्छन् भन्ने सन्देश दिन महिला सहभागिता बढी गराइएको लमजुङ उद्योग बाणिज्य संघ महिला विकास समितीका सचिव स्वस्तिका चिलवालले बताइन् ।

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ८ : ०६ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना