१६ श्रावण २०८३, शनिबार | August 1, 2026

राईनासमा ३ सय ९० घण्टाको प्लम्बिङ तालिम



लमजुङ । लमजुङको राईनासमा प्लम्बिङ तालिम सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघ महिला विकास समितीको आयोजना एवं ग्रामीण तालिम विकास केन्द्र सिटिईभिटीको सहयोगमा प्लम्बिङसम्बन्धी ३ सय ९० घण्टाको तालिम सुरु भएको हो ।

नगरपालिका भित्रका युवायुवतीलाई व्यवसायिक सिप सिकाएर गाउँठाउँमै स्वरोजगारको अवसर सिर्जना गर्ने नगरपालिकाको उद्देश्य रहेको राइनास नगरपालिकाकी उपमेयर धनकुमारी गुरुङले बताइन् ।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले व्यवसायीको आवश्यकता र माग बमोजिम विभिन्न विधाका तालिम आयोजना गर्दै आएको बताए ।

तालिममा राईनास नगरपालिका अन्तर्गतका ३० जनाको सहभागिता रहेको छ । तालिममा अधिकांश महिलाको सहभागिता छ । प्लम्बिङको काम प्राय पुरुषले गर्ने तथा गर्दै आएको भए पनि महिलाले पनि पुरुष सरहका काम गर्न सक्छन् भन्ने सन्देश दिन महिला सहभागिता बढी गराइएको लमजुङ उद्योग बाणिज्य संघ महिला विकास समितीका सचिव स्वस्तिका चिलवालले बताइन् ।

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ८ : ०६ बजे

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न