१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

फागु पर्वले महिलाको अपमान गरेको छ : संस्कृतिविद राजेन्द्र आचार्जे



बुटवल । पौराणिक कथाका आधारमा मानिदै आएको होली पर्व महिलाहरु प्रति असहिष्णु रहेको संस्कृतिविद राजेन्द्र प्रसाद आचार्जेले बताएका छन् । मिडीया गफ समुहको नियमित अन्तरक्रियामा मुख्य प्रस्तोताकारुपमा उपस्थित भएका आचार्जेले परम्पराका नाममा वर्षेनी होलीका दहन गरिनुले महिला प्रति अपमान दर्शाउन खोजेको टिप्पणी गरे । उनले होलीका जलाउनु र चीर दहन गरेर फागु मनाउने कार्य दुबै महिला मैत्री नभएको बताए ।

वन फागु र घर फागुकारुपमा मनाइने फागु पर्वको विशेष महत्व रहेको उल्लेख गर्दै उनले फागुमा भत्याइने गीतहरुमा नेपाली मौलिक लोक भाका लुकेको स्पष्ट पारे । नेपालमा करिव २ सय वर्ष देखि मनाइँदै आएको फगु पर्व भेक अनुसार फरक फरक रहेको उनले बताए । फागुमा गाइने गीतमा अभिनय पनि मिसिएका कारण फागु पर्व र लोक नाटकको अन्तर सम्बन्ध रहेको बताउँदै आचार्जेले भाषा, जाती र समुदाय अनुसार फागु गाउने र खेल्ने तरीका फरक फरक रहेको दाबी गरे ।

सामान्यतया फाल्गुन शुक्लपक्षको पुर्णिमालाई आधार मानेर चीर गाडेर सुरु गरिने फागु पर्व चीर ढलेपछि सकिन्छ । अष्टमीको दिनमा म्यालको लिङ्गो गाड्ने र प्रतिपदाको दिन लिङ्गो ढालेपछि फागु पर्व सकिने गर्दछ ।

फागु पर्वलाई बसन्त पुर्णिमा पर्वका रुपमा पनि मानिने गरेको संस्कृतिविद आचार्जेले बताए । वसन्त ऋतुलाई स्वागत गर्नका लागि काठमाडौंको बसन्तपुरको आगनमा समेत लिङ्गो गाड्ने प्रचलन छ। गुर्जुको पल्टनले गुहेश्वरीको जङ्गलबाट विधिपुर्वक ल्याएर एकछत्रे वा ३ झुछत्रे लिङ्गो गाड्ने गरिएसंगै फागु पर्वलाई वसन्त उत्सवका रुपमा मानिन्छ। वसन्त उत्सव मनाइने स्थल भएकै कारण काठमाडौंको न्यातपोल हनुमान ढोका दरबार अगाडिको प्राङ्गनलाई वसन्तपुर भनिएको उनले दाबी गरे ।

आचार्जेका अनुसार तराईमा मिथिला साहित्य धेरै उच्च मानिन्छ। पृथ्वीनारायण शाहले समेत तराईका मिथिलाबाट निम्तो दिएर फागु मनाएको इतिहासमा लेखिएको छ ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले पछिल्लो समय होली पर्वमा अस्लिलता बढ्न थालेकाले मर्यादित बनाउने तर्फ सबै सचेत हुनु पर्ने औंल्याएका थिए ।

फाल्गुन शुक्ल पुर्णिमाका दिन पहाडी समुदायले फागु गाएर फागु खेल्ने गर्दछन् भने तराई मधेसमा प्रतिपदाका व्यङ्ग्य कविता, मुर्ख सम्मेलन गरेर फागु खेल्ने चलन रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : २८ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना