१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

फागु पर्वले महिलाको अपमान गरेको छ : संस्कृतिविद राजेन्द्र आचार्जे



बुटवल । पौराणिक कथाका आधारमा मानिदै आएको होली पर्व महिलाहरु प्रति असहिष्णु रहेको संस्कृतिविद राजेन्द्र प्रसाद आचार्जेले बताएका छन् । मिडीया गफ समुहको नियमित अन्तरक्रियामा मुख्य प्रस्तोताकारुपमा उपस्थित भएका आचार्जेले परम्पराका नाममा वर्षेनी होलीका दहन गरिनुले महिला प्रति अपमान दर्शाउन खोजेको टिप्पणी गरे । उनले होलीका जलाउनु र चीर दहन गरेर फागु मनाउने कार्य दुबै महिला मैत्री नभएको बताए ।

वन फागु र घर फागुकारुपमा मनाइने फागु पर्वको विशेष महत्व रहेको उल्लेख गर्दै उनले फागुमा भत्याइने गीतहरुमा नेपाली मौलिक लोक भाका लुकेको स्पष्ट पारे । नेपालमा करिव २ सय वर्ष देखि मनाइँदै आएको फगु पर्व भेक अनुसार फरक फरक रहेको उनले बताए । फागुमा गाइने गीतमा अभिनय पनि मिसिएका कारण फागु पर्व र लोक नाटकको अन्तर सम्बन्ध रहेको बताउँदै आचार्जेले भाषा, जाती र समुदाय अनुसार फागु गाउने र खेल्ने तरीका फरक फरक रहेको दाबी गरे ।

सामान्यतया फाल्गुन शुक्लपक्षको पुर्णिमालाई आधार मानेर चीर गाडेर सुरु गरिने फागु पर्व चीर ढलेपछि सकिन्छ । अष्टमीको दिनमा म्यालको लिङ्गो गाड्ने र प्रतिपदाको दिन लिङ्गो ढालेपछि फागु पर्व सकिने गर्दछ ।

फागु पर्वलाई बसन्त पुर्णिमा पर्वका रुपमा पनि मानिने गरेको संस्कृतिविद आचार्जेले बताए । वसन्त ऋतुलाई स्वागत गर्नका लागि काठमाडौंको बसन्तपुरको आगनमा समेत लिङ्गो गाड्ने प्रचलन छ। गुर्जुको पल्टनले गुहेश्वरीको जङ्गलबाट विधिपुर्वक ल्याएर एकछत्रे वा ३ झुछत्रे लिङ्गो गाड्ने गरिएसंगै फागु पर्वलाई वसन्त उत्सवका रुपमा मानिन्छ। वसन्त उत्सव मनाइने स्थल भएकै कारण काठमाडौंको न्यातपोल हनुमान ढोका दरबार अगाडिको प्राङ्गनलाई वसन्तपुर भनिएको उनले दाबी गरे ।

आचार्जेका अनुसार तराईमा मिथिला साहित्य धेरै उच्च मानिन्छ। पृथ्वीनारायण शाहले समेत तराईका मिथिलाबाट निम्तो दिएर फागु मनाएको इतिहासमा लेखिएको छ ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले पछिल्लो समय होली पर्वमा अस्लिलता बढ्न थालेकाले मर्यादित बनाउने तर्फ सबै सचेत हुनु पर्ने औंल्याएका थिए ।

फाल्गुन शुक्ल पुर्णिमाका दिन पहाडी समुदायले फागु गाएर फागु खेल्ने गर्दछन् भने तराई मधेसमा प्रतिपदाका व्यङ्ग्य कविता, मुर्ख सम्मेलन गरेर फागु खेल्ने चलन रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : २८ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का