११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

संवैधानिक इजलासको विषयमा सवाल–जवाफ



काठमाडौं । संवैधानिक नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलास गठनको विषयलाई लिएर सर्वोच्च अदालतभित्रै प्रश्न उठेको छ । संवैधानिक नियुक्तिबारे सुनुवाइ गर्न बसेको इजलासमा शुक्रबार सो इजलास गठनबारे प्रश्न उठेको हो ।

पूर्वमहान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश हरि फुँयालको आदेशको टुंगो नलागी कसरी संवैधानिक इजलास गठन भयो ? भनेर प्रश्न गरेका थिए । फुयाँलले यस अघि संवैधानिक इजलासमा प्रधानन्यायाधीश नै हुनुपर्ने र प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुनै नसक्ने आदेश गरेका थिए ।

यससम्बन्धी अन्योल अझै कायम नै छ । अधिवक्ता सुरेन्द्र भण्डारीले पनि सोही प्रश्न दोहो¥याएका थिए । जवाफमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले यस सम्बन्धमा आफूले आदेश गरिसकेको बताए ।

कार्कीले यससम्बन्धमा आगामी बुधबार थप सुनुवाइ हुने जानकारी इजलासमा गराएका थिए । नियुक्ति खारेजीको माग गर्ने रिट निवेदकलाई बहसका लागि बुधबार एक घण्टाको समय छुट्याइएको छ ।

त्यसैगरी, गणेश रेग्मीको रिटका सन्दर्भमा भने रिट निवेदक र विपक्षीले आधा-आधा घण्टा समय पाउनेछन् । कसरी सुनुवाइ अगाडि बढाउने, अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने विषयको टुंगो सम्भवतः बुधबार नै लाग्नेछ ।

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएका संवैधानिक नियुक्तिविरुद्ध परेका रिटमाथि सुनुवाइका लागि कामु प्रधानन्यायाधीश कार्कीले आफ्नो नेतृत्वमा वरिष्ठतम् न्यायाधीश रहेको पाँच सदस्यीय इजलास गठन गरेका थिए ।

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

सर्वोच्च अदालतको संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धका मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार सुनुवाइ सुरु भएकोमा अर्को सुनुवाइ आगामी बुधबार गर्ने गरी सो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

शुक्रबारको सुनुवाइमा अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइ भएको थियो । सो सुनुवाइमा अर्याल, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता भीमार्ज‘न आचार्यले बहस गरेका थिए ।

संवैधानिक आयोगहरूमा नियुक्त ५२ जनालाई कामकाज गर्नबाट रोक लगाउन अर्यालले अन्तरिम आदेश माग गरेका थिए । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् । आजको राजधानी दैनिकमा योसमाचार प्रकाशित छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ७ : ३८ बजे

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार

विकासको योजनासहित काँग्रेस उम्मेद्वार चुन्न घरदैलोमा

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा

पाल्पा कृषिको प्रचुर सम्भावना भएको जिल्ला : उम्मेदवार श्रेष्ठ

पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार

सर्लाहीमा गगन थापालाई समर्थन गरेको जेनजी २.० ले रुपन्देहीमा विष्णु पौडेललाई समर्थन गर्ने

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा विर्नाचनमा जेनजी