७ आश्विन २०८३, बुधबार | September 23, 2026

साढे चार वर्षमा मर्चवारको फेरिएको तस्बिर



भैरहवा । मर्चवार भन्ने बित्तिकै धुलाम्य तथा उबडखाबड सडक, त्यसमाथि थोत्रा बस कुद्ने क्षेत्रको रुपमा चिनिन्थ्यो । तर स्थानीय सरकार गठनको चारवर्षमा मर्चबारले आफ्नो परिचय बदलेको छ ।

मर्चवार क्षेत्रमा तीन पालिका छन् । यसमध्ये रुपन्देहीको दक्षिणी क्षेत्रमा अवस्थित सम्मरीमाई गाउँपालिका एक हो । भारतसँग सीमा जोडिएको सम्मरीमाई साविकको सात गाविस मिलेर बनेको छ ।

यहाँका सर्वसाधारणको मुख्य पेशा कृषि हो । सोही कारण पालिकाले पछिल्लो साढे चार वर्षमा किसानलाई लक्षित गरी जीर्ण सडक विस्तार, स्वास्थ्य र शिक्षामा सहज पहुँचको प्रयास गरिहेको छ ।

पूर्वमा मर्चवारी गाउँपालिका, पश्चिममा लुम्बिनी साँस्कृतिक नगरपालिका, उत्तरमा कोटहीमाई गाउँपालिका र दक्षिणमा भारतको उत्तरप्रदेश सीमाना पर्ने पालिकाभित्र विकासको पहिलो सूचक सडकमा गाउँपालिकाले करोडौ लगानी गरेको छ ।

पालिकाले यस अवधिमा २० किलोमिटर सडक पिच गरेको छ भने २५-३० किलोमिटर सडक पीसीसी ढलान गरेको छ । यस्तौ सोही अनुपातमा सडकहरू ग्राभेल भएको छ ।

सडक जोडिएसँगै स्थानीयलाई कामकाजमा सहज भएको छ । कृषि पेशा मुख्य भए पनि आधुनिक उपकरणहरुका लागि बाटो नै पहिला चाहिने भएकोले यसले पालिको मात्रै होइन समग्र मर्चवारबासीको आर्थिकस्तर सुढृड भएको छ ।

गाँउपालिका प्रमुखमा जितेन्द्रनाथ शुक्ल बब्लु आएदेखि भौतिक संरचना अभाव झेलिरहेको मर्चवारका पालिकामा निकै सुधार भएको छ । यस क्षेत्र भित्रका ८० प्रतिशतभन्दा बढी क्षेत्र सहज सडक पहुँच बनेको छ ।

पालिकाका भित्री सडक विस्तार भए पनि मुख्य बाटोको समस्या भने अझै उस्तै छ । हिलोमुक्त गाउँ बनाउन अझै अति आवश्यक सडकको स्तरोन्नति र विस्तार गर्नुपर्ने पालिका अध्यक्ष शुक्लाले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : २८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज