१६ श्रावण २०८३, शनिबार | August 1, 2026

पाकिस्तानका विभिन्न विश्वविद्यालयबाट स्नातक नेपाली विद्यार्थीलाई पाकिस्तानी दूतावासले गर्‍यो सम्मान



काठमाडौं । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीको सम्मानमा लाई पाकिस्तानी दूतावासले सम्मान गरेको छ ।

काठमाडौंको अलफट होटलमा आयोजित कार्यक्रममा पाकिस्तानका विभिन्न विश्वविद्यालयबाट एमबीबीएस, बीडीएस, डी फार्मेसी, इन्जिनियरिङ लगायतका विधामा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहको उपस्थिति थियो ।

सो अवसरमा आफ्नो मन्तव्य राख्दै पूर्वसेनापति क्षेत्रीले नेपाल–पाकिस्तान बीचको मैत्री सम्बन्धको गहिराइ र न्यानोपनको स्मरण गरे । उनले नेपालको विकास र विशेषगरी प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा गरे । उनले नेपाली विद्यार्थीहरुलाई पाकिस्तानका प्रतिष्ठित शैक्षिक संस्थाहरुमार्फत गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद समेत दिए । उनले पाकिस्तानबाट योग्यता हासिल गरेका विद्यार्थीले आफ्नो समृद्ध शैक्षिक अनुभवले नेपालको प्रगतिमा योगदान पु-याइरहेको समेत बताए । आगामी दिनमा पनि पाकिस्तानको सहयोग निरन्तर रहने विश्वास उनले व्यक्त गरे ।

पाकिस्तानी शाहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिएको शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धको निकटता झल्काएको बताए । उनले पाकिस्तानमा रहँदा नेपाली विद्यार्थीले जीवनभरका साथी बनाएको र जीवनभर सकारात्मक सम्झना लिएर फर्किएको बताए । उनले भविष्यमा पनि नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानको निरन्तर सहयोग रहने आश्वासन दिए । उनले मानवता सेवाको भावनालाई समर्थन गरेकोमा पूर्व विद्यार्थीहरूलाई धन्यवाद समेत दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ०२ बजे

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),