१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

पाकिस्तानका विभिन्न विश्वविद्यालयबाट स्नातक नेपाली विद्यार्थीलाई पाकिस्तानी दूतावासले गर्‍यो सम्मान



काठमाडौं । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीको सम्मानमा लाई पाकिस्तानी दूतावासले सम्मान गरेको छ ।

काठमाडौंको अलफट होटलमा आयोजित कार्यक्रममा पाकिस्तानका विभिन्न विश्वविद्यालयबाट एमबीबीएस, बीडीएस, डी फार्मेसी, इन्जिनियरिङ लगायतका विधामा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहको उपस्थिति थियो ।

सो अवसरमा आफ्नो मन्तव्य राख्दै पूर्वसेनापति क्षेत्रीले नेपाल–पाकिस्तान बीचको मैत्री सम्बन्धको गहिराइ र न्यानोपनको स्मरण गरे । उनले नेपालको विकास र विशेषगरी प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा गरे । उनले नेपाली विद्यार्थीहरुलाई पाकिस्तानका प्रतिष्ठित शैक्षिक संस्थाहरुमार्फत गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद समेत दिए । उनले पाकिस्तानबाट योग्यता हासिल गरेका विद्यार्थीले आफ्नो समृद्ध शैक्षिक अनुभवले नेपालको प्रगतिमा योगदान पु-याइरहेको समेत बताए । आगामी दिनमा पनि पाकिस्तानको सहयोग निरन्तर रहने विश्वास उनले व्यक्त गरे ।

पाकिस्तानी शाहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिएको शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धको निकटता झल्काएको बताए । उनले पाकिस्तानमा रहँदा नेपाली विद्यार्थीले जीवनभरका साथी बनाएको र जीवनभर सकारात्मक सम्झना लिएर फर्किएको बताए । उनले भविष्यमा पनि नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानको निरन्तर सहयोग रहने आश्वासन दिए । उनले मानवता सेवाको भावनालाई समर्थन गरेकोमा पूर्व विद्यार्थीहरूलाई धन्यवाद समेत दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ०२ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका