८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

प्रतिगमनलाई रोक्न चुनावी तालमेल जरुरीः राजमो उपाध्यक्ष पौडेल



बुटवल । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सभासद दुर्गा पौडेलले प्रतिगमनको खतरा कामयै रहेको बर्तमान अवस्थामा जनमोर्चाले संघर्ष एकता संर्घषको नीति अवलम्बन गर्दै स्थानिय निर्वाचनमा चुनावी तालमेल गर्ने कुरालाई प्राथमिकतामा राखेको बताएकी छिन् ।

शनिवार राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले ५ दलिय गठबन्धनमा आफ्नो पार्टी नरहेको अबस्थामा पनि प्रतिगमनको खतरा रोक्न चुनावी मोर्चालाई सधै खुल्ला राखेको धारणा राखिन् । उनले राष्ट्रीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई खारेज गर्ने उद्देश्यले भैरहेका प्रतिगमनकारी शक्तिलाई परास्त गर्दै संविधानको रक्षा गर्नु अहिलेको प्रमुख राजनीतिक मुद्दा बन्नु पर्ने कुरामा जोड दिइन् ।

पौडेलले एमसीसी जस्तो राष्ट्रघाती संझौतालाई बर्तमान सरकारले संसदबाट जालझेल गरि पारित गरेको प्रति विमति जाहेर गर्दै यो मुद्दालाई स्थानिय निर्वाचनमा जनताको माझमा पु¥याउने दायित्व आफ्नो पार्टीको काँधमा आएको जिकिर गरिन्े । निर्वाचनमा उच्च मनोबलका साथ जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्दै आगामी स्थानीय निर्वाचनलाई प्रतिगमनविरुद्धको संघर्षकै रुपमा उपयोग गर्नुपर्नेमा पौडलले जोड दिइन् । उनले अझै पनि प्रतिगमन खतरा रहेकोले प्रतिगामी शक्तिसँगै राष्ट्रघाती एमसीसी सम्झौता र संघीयता खारेजीको मुद्दा पार्टीको चुनावी नारा हुने बताइन् ।

राजमोका नगर अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षता सचिव गंगालाल सापकोटाको सञ्चालन तथा उपाध्यक्ष केपी पोखरेललको स्वागतमा भएको कार्यक्रममा चेतनाथ आचार्य, दुर्गा खरेल, ढुण्डीराज शर्मा, टानबहादुर केसी लगायत बोलेका थिए ।

भेलाले आगामी स्थानिय निर्वाचन लक्षित १५ दिने प्रारम्भिक कार्यक्रम तय गरेको छ । जसमा वडा भेलाहरु, कार्यकर्ता प्रशिक्षण तथा उम्मेदवार छनौट प्रक्रियाहरुको थालनी गर्ने जनाइएको छ । त्यस अवसरमा अन्य दलहरुसंगको छलफललाई पनि अगाडी बढाउने निर्णय भएको छ । भेलाले निर्वाचन परिचालन समिति, प्रचारप्रसार तथा आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : २८ बजे

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना न्यून

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले