२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

लुम्बिनी वाणिज्य क्याम्पसमा कार्यशाला गोष्ठी सम्पन्न



बुटवल । विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक क्यू.ए.ए. प्राप्त लुम्बिनी वाणिज्य क्याम्पसमा इन्ट्रयाक्टिभ केस राइटिङ एण्ड एनालाइसिस विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन विभागको संयोजनमा आयोजना भएको कार्यशाला गोष्ठी क्याम्पस संचालक समितका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षता, त्रि.वि. व्यवस्थापन संकायका पूर्व सहायक डीन एवं मुख्य श्रोत व्यक्ति प्रा.डा. ध्रुबराज पोखरेलको प्रमुख आतिथ्यता, त्रि.वि. व्यवस्थापन केन्द्रीय विभागका सहायक प्राध्यापक एवं श्रोत व्यक्ति डा. भरतसिंह थापाको आतिथ्यतामा सम्पन्न भएको हो ।

व्यवस्थापन विभागका विभागीय प्रमुख उपप्राध्यापक गोपाल प्रसाद पाण्डेको संचालन रहेको कार्यशाला गोष्ठीमा क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले गोष्ठीको आवश्यकता, उद्देश्य र औचित्यतामाथि प्रष्ट पारेका थिए भने सहायक क्याम्पस प्रमुख सह प्राध्यापक विष्णु जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

लुम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापनरत २५ जना प्राध्यापकहरुको सहभागिता रहेको कार्यशाला गोष्ठीमा श्रोत व्यक्तिहरु डा. पोखरेल र थापाले प्राध्यापन गर्ने क्रममा विद्यार्थी केन्द्रीत सिकाई सिद्धान्तमा केससहितको सिकाई आजको आवश्यकता रहेको बताउदै व्यवस्थापन शिक्षामा केसको प्रयोग, केस विश्लेषण गर्ने सहज तरिका, केस विश्लेषणको व्यावहारिक अध्ययन मार्फत व्यावसायिक प्रतिष्ठानमा चाल्न सकिने सुधारात्मक कदम, सफलता र असफलता मार्फत तय गर्न सकिने भावि योजना लगायतको बारेमा सामुहिक तथा अन्र्तक्रियात्मक तरिकाबाट प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : २८ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको