३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रेडपाण्डाको छालासहित ४ जनापक्राउ



नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज १२ कोरियनपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोरियनपुर स्थित अन्जना होटलमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला को खरिद विक्री भईरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलिले रेडपाण्डाको २ थान छाला सहित डोल्पा त्रिपुरासुन्दरी ३ का हर्क बहादुर विक, विवेक वोहरा र रामकृष्ण शाही तथा ठुलोभेरी नगरपालिका १ का सुकराम विकलाई पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । ।

होटलको कोठा नम्बर १०५ मा रहेको खाट मुनी प्लाष्टिक वोरा भित्र रहेको रेडपाण्डाको छाला २ थान बरामद भएको उनले बताए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ५ : ३८ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय