४ पुस २०८२, शुक्रबार | December 20, 2025

लेटाङमा प्रहरी र स्थानीयबासीबीच झडप, एक महिला प्रहरीको घाँटीमा छुरा प्रहार, अवस्था गम्भीर



विराटनगर । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको भन्दै शिक्षकलाई नियन्त्रणमा लिन खोज्ने स्थानीयबासी र आरोपित शिक्षकलाई पक्राउ गर्न पुगेका प्रहरीबीच झडप हुँदा एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

लेटाङ नगरपालिका– ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई स्थानीयबासीको नियन्त्रणबाट मुक्त गराउन पुगेको प्रहरी माथि आक्रमण हुँदा एक जना महिला प्रहरी गम्भीर घाइते भएकी हुन् । ती प्रहरीको घाँटीमा धारीलो हतियारले रेटिएको र अचेत अवस्थामा प्रहरीले उद्दार गरेको एक प्रत्यक्षदर्शीले खबरकुरालाई बताए । यद्देपी प्रहरीले भने समाचारको पुष्टि गरेको छैन ।

शुक्रबार शिक्षक पौडेलले कक्षा ६ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेको स्थानीयबासीको आरोप छ । विद्यार्थीको उजुरीका आधारमा प्रधानाध्यापक र वडा अध्यक्षले प्रहरी बोलाएर शिक्षकलाई बुझाउने तयारी भइरहेका बेला आक्रोशित स्थानीयले विद्यालयमा आक्रमण गरेका थिए ।

स्थानीयबासीले शिक्षकलाई उन्मुक्ति दिलाउन प्रहरीलाई बुझाउन खोजिएको भन्दै विद्यालय र प्रहरी माथि लगातार आक्रमण गरेको स्थानीयबासीले बताएका छन् ।

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईका अनुसार आरोपी शिक्षकलाई प्रहरी कार्यालय ल्याइएको छ भने स्थिति नियन्त्रण गर्न थप प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको