१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एक्सपर्टद्वारा बुटवलमा फ्री सेमिनार, सहभागिलाई फ्री प्रोसेसिङ



बुटवल । एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले नेपालका प्रमुख शहरहरुमा ‘एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२ मार्च-अप्रिल’ संचालन गर्ने भएको छ ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै एक्सपर्टले यहि चैत १० गते अम्रपाली कटेजमा फ्रि सेमिनार आयोजना हुने जनाएको हो ।

सेमिनारमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्बेष्डरर पारश खड्कासंग सहभागिले सम्वाद गर्न पनि पाउने छन् ।

एक्सपर्ट बुटवलका निर्देशक रोशन कडेलले बुटवलमा आयोजना हुने सेमिनारमा अष्टेलिया, क्यानडा, युके र अमेरीकाका विश्व विद्यालयका प्रमुख तथा प्रतिनधिहरुसंग विद्यार्थीले प्रत्यक्ष भेटघाट गर्न पाउने बताए । उक्त सेमिनारमा आउने विद्यार्थीहरुको लागि प्रि भिजा प्रोेसेसिङ्ग र मोक एक्जाम समेत निःशुल्क हुने उनले जानकारी दिए ।

कार्यक्रममा विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थी र अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासंग प्रत्यक्ष रुपमा संवाद गर्न सक्नेछन् ।

विगतका वर्षहरुमा पनि एक्सपर्टले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भनेर विभिन्न फेयर तथा सेमिनारहरु आयोजना गर्ने गर्दथ्यो । ति कार्यक्रमहरुबाट हजारौँ विद्यार्थीहरु लाभान्वित भएका छन् र विदेशमा आफ्नो अध्ययनको अभिताष पुरा गर्न सफल भएका एक्सपर्टले जनाएको छ ।

विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रचुर सम्भावनाहरु सृजना गरेको एक्सपर्टले जनाएको छ । नेपालका प्रमुख १६ शहरहरु समेत विश्वका १३ देशका ४५ भन्दा बढी शहरहरुमा शाखाहरु संचालनमा रहेको एक्सपर्टले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारीक र विश्वसनिय परामर्श प्रदान गर्दै आएको छ ।

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विश्वसनिय जानकारीहरु प्रदान गर्ने उद्येश्यले यस संस्थाले विगतका वर्षहरूमा झै यस वर्ष पनि नेपालका प्रमुख शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौडा, विरागनगर, विर्तामोड र काठमाण्डौमा क्रमशः चैत्र ७ चैत्र ८, चैत्र ९ चैत्र १० चैत्र १२ चैत्र १३, चैत्र १४, चैत्र १५ चैत्र १६ र चैत्र १८ गते एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२ मार्च अप्रिल’ आयोजना गर्न लागेको हो ।

सेमिनारमा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, बैंकका प्रतिनिधि, अष्ट्रेलिया तथा काठमाण्डौबाट आउनु भएका एक्सपर्टका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न सक्नेछन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : ४४ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू