८ बैशाख २०८१, शनिबार | April 20, 2024

पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा दूतावासमा झण्डोत्तोलन



काठमाडौं । पाकिस्तान दिवसको अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले एक कार्यक्रमका बीच महाराजगन्ज चक्रपथस्थित दूतावास परिसरमा पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन् । त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

पाकिस्तानले हरेक वर्ष २३ मार्च लाई पाकिस्तान दिवसको रुपमा मनाउने गरेको छ । सन् १९४० मा लाहोरमा लाहोर घोषणापत्र जारी भएको दिनलाई पाकिस्तानले राष्ट्रिय दिवसको रुपमा स्मरण गर्दै आएको छ । काइदे आजाम मोहम्मद अलि जिन्हाको नेतृत्वमा जारी भएको सो घोषणापत्रले पाकिस्तान देश जन्माउने संकल्प गरेको थियो ।

कार्यक्रममा पाकिस्तानी राजदूत शाहले आफ्नो र आफ्ना भावी पुस्ताका लागि छुट्टै गृहभूमि निर्माण गर्ने संकल्प र संकल्पको स्मरण गराउँदै पुर्खाले परिकल्पना गरेको पाकिस्तानलाई मातृभूमि बनाउने प्रतिवद्धतालाई पुनपुृष्टि गर्ने आवश्यकतालाई जोड दिएका थिए ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १२ : ५० बजे

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या