७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा दूतावासमा झण्डोत्तोलन



काठमाडौं । पाकिस्तान दिवसको अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले एक कार्यक्रमका बीच महाराजगन्ज चक्रपथस्थित दूतावास परिसरमा पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन् । त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

पाकिस्तानले हरेक वर्ष २३ मार्च लाई पाकिस्तान दिवसको रुपमा मनाउने गरेको छ । सन् १९४० मा लाहोरमा लाहोर घोषणापत्र जारी भएको दिनलाई पाकिस्तानले राष्ट्रिय दिवसको रुपमा स्मरण गर्दै आएको छ । काइदे आजाम मोहम्मद अलि जिन्हाको नेतृत्वमा जारी भएको सो घोषणापत्रले पाकिस्तान देश जन्माउने संकल्प गरेको थियो ।

कार्यक्रममा पाकिस्तानी राजदूत शाहले आफ्नो र आफ्ना भावी पुस्ताका लागि छुट्टै गृहभूमि निर्माण गर्ने संकल्प र संकल्पको स्मरण गराउँदै पुर्खाले परिकल्पना गरेको पाकिस्तानलाई मातृभूमि बनाउने प्रतिवद्धतालाई पुनपुृष्टि गर्ने आवश्यकतालाई जोड दिएका थिए ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १२ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११