१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

विप्लवकै गृह जिल्ला पुगेर गृहमन्त्री खाँणले गरे चुनावमा आशंका नगर्न आग्रह



कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने दावी गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा सशस्त्र प्रहरी प्रदेश हेड क्वाटर [सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय] को उद्घाटन गर्दै निर्वाचनमा भाग लिन सबै दललाई अनुरोध गरेका हुन् । उनले विप्लवप्रति इंगित गर्दै निर्वाचनप्रति कुनै शंका नगर्न र निर्वाचनमा भाग लिन आग्रह गरे ।

गृहमन्त्री खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा सुशासन तथा शान्ति व्यवस्था कायम गर्न सफल भएको दावी पनि गरे । देशको सुरक्षाको लागि सशस्त्र प्रहरीको मेहनत उत्कृष्ट रहेको जनाउँदै देशकै अब्बल बाहिनी बन्न शुभकामना व्यक्त गरे । उनले लामो समय देखि रोकिएको सशस्त्र प्रहरीको बढुवा प्रक्रिया व्यवस्थापनको लागि सरकारले तयारी गरेको जनाए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र, राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ तत्पर रहेको बताए । सीमा क्षेत्रमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउनु थप बोर्डर आउट पोष्ट स्थापना गर्नु पर्ने बताउँदै लुम्बिनी प्रदेशमा ४१ बीओपी स्थापना भईसकेको र चालु आर्थिक वर्षमा १७ थप हुने चरणमा रहेको बताए ।

कुल ५० बिगाहा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लाका युनिटहरू रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ्गले बताए । मुख्यालय कपिलवस्तुको शिवराज नगरपालिका(५ चन्द्रौटा बजार क्षेत्रमा छ । २०५७ सालदेखि सञ्चालन भएको गणको ६ भदौ २०७५ मा स्तरोन्नति भई बाहिनीको रुपमा स्थापना भएको थियो ।

कार्यक्रममा संसद अभिशेख प्रताप शाह, नेपाली कांग्रेस लुम्बिनी संसदीय दलका नेता विरेन्द्रकुमार कनोडिया, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसी, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे, प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ्ग लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : ३८ बजे

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन