१६ श्रावण २०८३, शनिबार | August 1, 2026

एमाले अध्यक्ष ओलीले चैत १७ गते कालिकोटको चुनावी सभालाई सम्बोधन गर्ने



सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चैत १७ गते कालिकोटमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । नेकपा एमाले कालिकोटका अनुसार जिल्लामा हुने बृहत् चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आउने भएका हुन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कालिकोटमा बृहत् आमसभा राखिएको त्यसलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कालिकोटका उपाध्यक्ष दयाराम सिम्खडाले जानकारी दिए । ‘हामीले एक लाख नागरिकलाई आमसभामा आउने लक्ष्य राखेका छौं,’ उनले भने,‘त्यस सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।’

अहिले त्यसको व्यापक तयारी भइरहेको र अध्यक्ष ओलीले सम्बोधन गर्ने सभामा लागि मञ्चलगायत अन्य व्यवस्थापन तीव्र पारिएको उपाध्यक्ष सिम्खडाले जानकारी दिए । ‘हामीले अहिले गाउँ गाउँमा चुनावी सभा गरिरहेका छौं,’ उनले भने,‘एमालेलाई कालिकोटमा पहिलो पार्टी बनाउने लक्ष्यसहित कार्यक्रम राखिएको छ ।’

सभालाई हिजो मात्रै एमालेमा प्रवेश गरेका समाजवादी जनता पार्टीका पूर्व अध्यक्ष प्रेमबहादुर सिंहले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कालिकोटले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : २९ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश