१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

निर्वाचन भयरहित बनाउन गृहमन्त्री खाँणको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न निर्देशन दिएका छन् ।

बिहीवार गृहमन्त्रालयमा बसेकोे केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँडले सुरक्षा निकायलाई यस्तो निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । उनले बैठकमा चिनियाँ विदेशमन्त्रीको सुरक्षा तयारीका बारेमा पनि छलफल भएको बताए । चिनियाँ विदेशमन्त्री वाङ यी भोलि (शुक्रवार) तीन दिने नेपाल भ्रमणमा आउँदै छन् । त्यस्तै बैठकमा समसामयिक सुरक्षा स्थिति र निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले बताए ।

प्रवक्ता पोखरेलले भने, ‘समसामयिक सुरक्षा स्थितिको बारेमा छलफल भयो । खासगरि अब निर्वाचन आउन ५० दिन बाँकी छ । निर्वाचनका सम्बन्धमा हामीले अपनाउनु पर्ने रणनीतिका सम्बन्धमा, शान्तिपूर्णरुपमा निर्वाचन सञ्चालन गर्दा अपनाउनु पर्ने रणनीतिका बारे हामीले छलफल ग¥यौं । गृहमन्त्रीले शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्नलाई सबैले आ आफनो ठाउँबाट खटेर योगदान गर्नुपर्छ भन्नुभयो । मित्र राष्ट्र चीनका विदेशमन्त्रीको भ्रमण भोलि छ, त्यसको पनि सुरक्षा तयारी राम्रोसँग भइरहेको छ ।’

प्रवक्ता पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा अपनाउनु पर्ने रणनीतिका बारेमा छलफल भएको जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १ : ५४ बजे

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार