५ पुस २०८२, शनिबार | December 20, 2025

निर्वाचन भयरहित बनाउन गृहमन्त्री खाँणको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न निर्देशन दिएका छन् ।

बिहीवार गृहमन्त्रालयमा बसेकोे केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँडले सुरक्षा निकायलाई यस्तो निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । उनले बैठकमा चिनियाँ विदेशमन्त्रीको सुरक्षा तयारीका बारेमा पनि छलफल भएको बताए । चिनियाँ विदेशमन्त्री वाङ यी भोलि (शुक्रवार) तीन दिने नेपाल भ्रमणमा आउँदै छन् । त्यस्तै बैठकमा समसामयिक सुरक्षा स्थिति र निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले बताए ।

प्रवक्ता पोखरेलले भने, ‘समसामयिक सुरक्षा स्थितिको बारेमा छलफल भयो । खासगरि अब निर्वाचन आउन ५० दिन बाँकी छ । निर्वाचनका सम्बन्धमा हामीले अपनाउनु पर्ने रणनीतिका सम्बन्धमा, शान्तिपूर्णरुपमा निर्वाचन सञ्चालन गर्दा अपनाउनु पर्ने रणनीतिका बारे हामीले छलफल ग¥यौं । गृहमन्त्रीले शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्नलाई सबैले आ आफनो ठाउँबाट खटेर योगदान गर्नुपर्छ भन्नुभयो । मित्र राष्ट्र चीनका विदेशमन्त्रीको भ्रमण भोलि छ, त्यसको पनि सुरक्षा तयारी राम्रोसँग भइरहेको छ ।’

प्रवक्ता पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा अपनाउनु पर्ने रणनीतिका बारेमा छलफल भएको जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १ : ५४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ