६ मंसिर २०८३, आइतबार | November 22, 2026

बुटवलका टोल टोलमा चुनाव प्रचार कार्यालय खोल्दै एमाले



बुटवल । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारीका क्रममा ठाउँ ठाउँमा चुनावी प्रचार प्रसार कार्यालय खोल्न थालेको छ । यसैक्रममा एमालेले बुटवलका विभिन्न ठाउँमा प्रचार कार्यालय स्थापना गरेको हो ।

एमाले शाखा कमिटी-३ बुटवलले गोलपार्कमा प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय स्थापना गरी चुनावी तयारीका काम सुरु गरेको छ । कार्यालयको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले उदघाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै केसीले स्थानीय तह निर्वाचनमा बिगतमा भन्दा धेरै स्थानीय तहमा विजय हासिल गर्ने रणनीतिका साथ पार्टी अगाडि बढेको बताए ।

कार्यक्रममा पार्टी जिल्ला कमिटी उपसचिव गोपाल राना, जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली, जिल्ला कमिटी सदस्यहरु घनश्याम चापागाई, पवित्रा श्रेष्ठ, शाखा कमिटी सहइन्चार्ज एवं नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ प्रदेश सचिव केशवराज पन्थी, शाखा कमिटी अध्यक्ष पदम रिजाल, सचिव गणेशबहादुर अधिकारी, टोल विकास संस्थाका तर्फबाट कमल ढुंगाना, टोल कमिटीका तर्फबाट बाबुराम श्रेष्ठ, नगर कमिटीका विनोद पौडेल, अनेम संघ केन्द्रीय सदस्य पुनम लिगल, लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा करिव ३०० जना सहभागी थिए ।

त्यस्तै नेकपा एमाले बुटवल वडा नं ५ को प्रचार प्रसार कार्यालय पनि उदघाटन भएको छ । त्यस अवसरमा बोल्ने नेताहरुले अव जनताको घरदैलोमा गएर एमाले सरकारले गरेका कामबारे जनतामा बुझाउनुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी एमाले बुटवल उपमहानगरपालिका शाखा कमिटी १३ को चुनाव प्रचार प्रसार कार्यालयको पनि उदघाटन गरिएको छ ।

स्थानीय तह निर्वाचनका लागि २०७८/७९ प्रचार-प्रसार तथा जनसंम्पर्क कार्यालय उदघाटन गरिएको हो । कार्यालयको उदघाटन एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले गरेका हुन् । त्यस अवसरमा उनले पार्टीले सबै टोलहरुमा चुनावी अभियानलाई अव तीव्र बनाउने बताए । उनले एमाले नेतृत्वको सरकारले गरेका लोकप्रिय कामलाई जनतामा लैजान पनि आग्रह गरे ।

शाखा कमिटी अध्यक्ष झविन्द्र थापा (ध्रुव) को अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य गोपाल राना, एमाले जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक बाबुराम पन्थी, नगर अध्यक्ष किसन ज्ञवाली, उपाध्यक्ष शोभाखर पोखरेल, जिल्ला सदस्य तथा वडा इन्चार्ज मधुकला कुँवर, जिल्ला सदस्य तथा वडा सहइन्चार्ज योगबहादुर गुरुङ, शाखा कमिटी उपाध्यक्ष शिवलाल उपाध्याय, सचिव रामु भुसाल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : ५३ बजे

Your email address will not be published.

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको

प्रधानमन्त्री बालेन भारत प्रस्थान, लिएनन् सम्मान गारद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत प्रस्थान गरेका छन् ।

सामान्य रूपमा नयाँ दिल्ली प्रस्थान गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आइतबार दिउँसो दुई दिने

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

मुस्ताङ । नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

काठमाडौं, ६ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले