१८ भदौ २०८३, बिहिबार | September 4, 2026

तालमेलबारे निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । स्थानीय चुनावमा तालमेलका विषयमा निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ ।

शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापति र केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन् । शुक्रबार २७ र आइतबार ५४ केन्द्रीय सदस्यले बोलेका छन् ।

आज बाँकी रहेका केन्द्रीय सदस्यले बोल्नेछन् । आज केन्द्रीय सदस्यले बोल्ने क्रम सकिने र स्थानीय चुनावका विषयमा निर्णय हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

अहिलेसम्म बोल्ने अधिकांश केन्द्रीय सदस्यले तालमेल गरेरै चुनावमा जानुपर्ने धारणा राखेका छन् । उनीहरुले आवश्यकताको आधारमा गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

केही केन्द्रीय सदस्यले कांग्रेस एक्लैले चुनावमा जानुपर्ने पनि मत राखेका छन् । तर, धेरै जसो केन्द्रीय सदस्यले गठबन्धन गरेर स्थानीय चुनाव लड्नुपर्ने धारणा राखेको प्रवक्ता डा. महतले बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ः३० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : २४ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो