९ पुस २०८२, बुधबार | December 24, 2025

आजको मौसम : काठमाडौंमा क्षणिक वर्षा, दिउँसो यी चार प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं । काठमाडाैंकाे आकाश तुवाँलाेले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएकाे छ । केहीदिन यता काठमाडाैंमा प्रदूषण पनि ह्वात्तै बढेकाे छ । तर, बिहान वर्षा हुँदा राहत महसुस गरिएकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । ती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ४९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना