१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा



काठमाडौं । नेकपा (एमाले)ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।

एक हजार २०० शैयाको १० तले अस्पताल भवन बनाउन करिब डेढ अर्ब घोटाला गर्ने गरी स्पेसिफिकेसन बनाएर ठेक्का लगाइएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रियामा त्रुटि भेट्टाएपछि १४ चैतमा ठेक्का रद्द गरिएको थियो ।

पूर्वाधार विकास प्राधिकरण प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । तर, ठेक्का प्रक्रिया रद्द र कार्यकारी अधिकृतको राजीनामाले सरकारको कुनियत हट्न नसक्ने एमालेको ठहर छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका उपनेता बैजनाथ चौधरीले भने, “ठेक्का प्रक्रियामा सेटिङ भएको भन्दै प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङमा मुख्य जिम्मेवार कुलप्रसाद केसी हुनुहुन्छ ।”

अब केसी मुख्यमन्त्रीको पदमा बसिरहन नैतिकरुपमा नमिल्ने एमालेले बताएको छ ।

एमालेले केसी मुख्यमन्त्री भएपछि प्रदेश सरकारले एकपछि अर्को विवादास्पद काम गरेका, संघीयताको मर्ममाथि प्रहार र नागरिकमा संघीय शासन प्रणालीप्रति वितृष्णा जगाउने क्रियाकलाप हुँदै आएको आरोप लगाएको छ ।

प्रदेशको आवधिक योजनाले प्राथमिकरण गरेका आयोजनामा विनियोजन गरेको बजेट पूर्णतः कटौती गरेर गैर जिम्मेवारीपन देखाइएको एमालेको आरोप छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ३५ बजे

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । रमेश लेखक पक्राउ परेका छन् । नेपाल प्रहरीले

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति