८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

अप्रिलदेखि पाकिस्तानले २७ प्रतिशत पानीको अभावको सामना गर्ने



इस्लामावाद । पाकिस्तानमा पानीको संकट झन् खराब हुँदै गएको अधिकारीहरूले बताएका छन् ।

खरीफ ऋतुको (अप्रिल १) सुरुदेखि देशमा २७ प्रतिशतसम्म पानीको अभाव हुन सक्ने बिहीबार सिन्धु नदी प्रणाली प्राधिकरण (आईआरएसए)ले जानकारी गराएको हो ।

प्राधिकरणको सल्लाहकार समितिको बैठकले पाकिस्तान खरीफ मौसमको सुरुमा २० प्रतिशतदेखि २७ प्रतिशतसम्म पानीको आपूर्तिको अभाव हुन सक्ने बताएको हो ।

यद्यपि खरीफको समय यो अभाव आठ प्रतिशतदेखि १० प्रतिशत हुने सम्भावना रहेको सरकारी छ स्रोतलाई उद्धृत गरी द नेशनले लेखेको छ ।

हालैका वर्षहरूमा पाकिस्तानमा पानीको सङ्कट झन्झन् खराब हुँदै गइरहेको छ । पाकिस्तानले पिउने पानी, शिक्षा र चिकित्सा सुविधालगायत आधारभूत आवश्यकताहरूसँग संघर्ष गरिरहेको छ ।

आईआरएसए खानेपानी सम्झौता १९९१ ले वर्षमा दुई पटक, खरीफ र रबि ऋतु सिजनको लागि देश र प्रान्तीय हिस्सामा पानीको व्यवस्थापन गरेको छ । रबी मौसम अक्टोबर १ देखि सुरु हुन्छ र मार्च ३१ मा अन्त्य हुन्छ भने खरिफ अप्रिल १ देखि सुरु भई सेप्टेम्बर ३० सम्म जारी रहन्छ ।

‘द नेशन’ले रिपोर्ट गरेअनुसार बालोचिस्तान र खैबर पख्तुनख्वाको पानीको हिस्सालाई भने कटौती गर्न नपाइने सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ११ बजे

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प