४ पुस २०८२, शुक्रबार | December 20, 2025

१६औँ मनमोहन स्मृति फुटबल : आज सेमिफाइनलका खेल



बुटवल । बुटवलमा जारी १६औँ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता(२०७८ मा सेमीफाइनल खेल खेल्न अन्तिम चार टिमको टुंगो लागेको छ । बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर १९ माथि १-० गोल अन्तरको जित निकालेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सिद्धेश्वर खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर ८ को जितमा मनोज गुरुङले खेलको १२औँ मिनेटमा एक मात्र गोल गरेका थिए । खेलमा वडा नम्बर १९ का सरोज गलामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । युवालाई खेलमार्फत भातृत्व विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

शुक्रबार पहिलो सेमीफाइनल खेल वडा नम्बर ११ र १७ का बीचमा हुने छ भने शनिबार दोस्रो सेमीफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर ७ को सामना गर्ने उनले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको