१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

प्रधानमन्त्री देउवा र मोदीबीचको आज भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दै छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले हैदरावाद हाउसमा समकक्षी मोदीसँग भेटवार्ता गर्न लागेका हुन् । त्यसअघि प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ ।

भेटपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ भने मोदीले आफ्ना समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आजै दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ । त्यसपछि ३५ किलोमिटर लामो जयनगर-कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्तसमेत गरिसकेका छन् । शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्री भोजमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका हुन् ।

भारत भ्रमणमा प्रधानमन्त्रीका साथ प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ५५ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन